विराट राजवंशीको बृहत भेला राजवंशी भवनमा सम्म्पन ।थारु पाेर्टल

Spread the love
८।फागुन, विराटनगर ।
राजेश कुमार राजवंशी 
राजवंशी समाज उत्थान समिति विराट केन्द्रिय समिति विराटनगरले आयोजना गरेको बृहत भेलालाई उद्घाटन गर्दै राजवंशी समाज उत्थान समिति सल्लाहकार त्रिभुवन राजवंशीले कार्यक्रम उद्घाटन गर्नु भएको थियो ।विराट राजवंशीहरुको मागलाई सरकारले अबलम्ब सम्बोधन गर्नुपर्ने बताएको छ ।
समितिले जहदा गाउँपालिका वडा न ३ राजवंशी भवनमा फाल्गुन ६ गते गरिएको बृहत भेलामा सो कुरा बताएका हुन ।विराट राजवंशीको चाहना विराट प्रदेशको स्थापना नाराका बभनटोलिमा आफ्नो १५ औ भेला गरि विराट राजवंशीको एकता , पहिचान , अधिकार , समृद्धि र स्वाभिमानका बृहत भेलाको आफ्नो भेषभुशा लगाइ बभनटोलिमा बृहत भेला गरेका थिए ।
राजवंशी समाज उत्थान समिति (विराट ) वरिष्ठ उपाध्यक्ष रामनारायण राजवंशीले आफ्नो अधिकारको लागि सधैं लागि पर्ने बताएका छन ।केन्द्रिय महासचिव काशीनाथ राजवंशीले अबको राष्ट्रिय जनगणनामा छुट्टै कोलममा विराट राजवंशी लेखाउन आग्रह गरेको बताउनु भयो । उपाध्यक्ष प्रदीप विस्वासले विराट राजवंशी समुदायले सदियौ देखि जल, जमिन , हावा , पानी तथा विभिन्न प्राकृतिक वि
विविधता संघर्ष गर्दै आफ्नो अस्तित्वलाई जोगाउदै आइरहेको राज्यबाट पाउने सुविधाहरू अरु जातिले पाउने सरह पाउनु पर्छ ।बुढी गंगा गाउँपालिका वडा न३ वडाअध्यक्ष तिलकनाथ मण्डल राजवंशीले दाइजो राजवंशी समुदायमा दिन प्रति दिन जटिल अवस्था हुदै गएको हुनाले यश लाई रोक्न युवालाई आग्रह गर्नु भएको छ ।  कार्यक्रममा बोल्दै सुनसरी जिल्ला अध्यक्ष भागवत राजवंशी मोरङ जिल्ला अध्यक्ष काशीराम राजवंशी आफ्नो भनाइ राखेको थियो ।राजवंशी समाज उत्थान समिति मोरङका सचिव राजेश कुमार राजवंशी “शिक्षामा जोड देऔ नेतृत्वको विकास गरौं। ” शैक्षिक , राजनीति , संस्कृतिक लगायत राज्यको हरेक निकायमा पहुँच हुनुपर्छ ।
विराट राजवंशीलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिषठान सुचिकृत गर्नुपर्ने , राज्यको हरेक अंगमा विराट राजवंशीको स्थान सुरक्षित गर्नुपर्ने , विराटनगरको प्रथम जातिको रूपमा विराट राजवंशीलाई घोषणा गर्नुपर्ने , प्रदेश १ को सभा सदस्यमा प्रदेश राजधानीका मुल आदिवासी विराट राजवंशीलाई समानुपातिक रूपमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गरेका छन ।विराटनगर महानगरपालिका , कटहरि , जहदा , बुढीगगा , धनपाल , र ग्रामथान क्षेत्रलाइ विराट राजवंशीको स्वायत्त परिषदको व्यवस्था गर्नुपर्ने , विराट राजवंशी समुदायको उत्थानका लागि प्रत्येक तह र अंगहरुमा छुट्टै आरक्षणको व्यवस्थाको गर्नुपर्ने , भेडियारि स्थित विराट दरवार क्षेत्रको सरक्षण एवं प्रवर्द्धनका लागि विराट राजवंशी समुदायको नेतृत्वमा पर्यटकिय क्षेत्रको रूपमा विकास गर्नुपर्ने लगायत मागहरू राखिएका छन ।राजवंशी समाज उत्थान समिति ( विराट )केन्द्रिय अध्यक्ष भवनेस्वर मण्डल राजवंशीको नेतृत्वमा बुझाएका छन ।
सुन्सरी , मोरङ , झापा विराट राजवंशी बसोबास गरि आएका करिब ४० हजार संख्यामा रहेको समुदायले १५ वर्ष देखी उठाउदै आएको  सम्बोधनको माग गर्दै बृहत भेलाका अध्यक्षता गरिरहेका राजवंशी समाज उत्थान समिति केन्द्रिय अध्यक्ष भुवनेस्वरले बृहत भेला सम्म्पन भएको घोषणा गरेका थिए । कार्यक्रम संचालन बसन्त राजवंशीले गरेकाे  थियो । उक्त भेला रामनारायण राजवंशीको संयोजकत्वमा भएको थियोे भने प्रमुख अतिथिमा त्रिभुवन राजवंशी  रहेका थियाे। उक्त भेलामा २जना लाई सम्मान समेत गरेका थिए जसमा ग्रामीण विकास बैंक बाट अवकाश पाउनु भएको पन्नालाल राजवंशी , विराट सास्कृतिक पुस्तकालय जग्गादाता रामाआशिष महतो, लिलाबती राजवंशीले राजवंशी समाज उत्थान समिति लाई जग्गा प्रदान गरेकाेमा सम्मान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *