फागुन २० गतेभित्र किसान आन्दोलनको माग संम्बोधन नभए निर्वाचन कार्यालयहरुमा अनिश्चितकालिन तालाबन्दी र धर्ना ।थारु पाेर्टल

Spread the love

११।फागुन।कानेपाेखरी

महिनाैदेखि जारी किसान आन्दोलन अन्तरगत प्रदेश निर्वाचन आयोग कार्यालय, मोरंग तथा विभिन्न जिल्लाका निर्वाचन कार्यालयहरुलाई ज्ञापन पत्र बुझाइएको छ ।
निर्वाचन हुनुअघि किसान आन्दोलनको माग सम्बोधन गर्नु पर्नेलगायत ५ बुँदे ज्ञापन पत्र निर्वाचन कार्यालयमार्फत संघीय मन्त्रिपरिषद्, केन्द्रीय निर्वाचन आयोग कार्यालय लगायतलाई बुझाइएको हो । फागुन २० गतेभित्र किसान आन्दोलनको माग सम्बोधन नभए निर्वाचन कार्यालयहरुमा अनिश्चितकालिन तालाबन्दी गरी धर्ना दिइने जनमत पार्टीको मोरंग जिल्ला अध्यक्ष बुद्धी माझीले घोषणा गरेको छ।
जनमत पार्टीले निर्वाचन आयोगमा दर्ता रहेका र आयोगबाट चुनाव–चिन्ह पाइसकेका दलहरूलाई स्थानीय तहको निर्वाचन २०७९ मा देशभरि नै सोही चुनाव–चिन्ह वितरण गर्नु पर्ने मागसमेत गरेको छ । बहुसंख्यक मतदाताहरूको पुरानो मतदाता परिचयपत्र नष्ट भएको वा हराइरहेको हुँदा सबै मतदाताहरूलाई पुनः मतदाता परिचयपत्र वितरण गर्नु पर्ने र नागरिकता परिचयपत्र देखाएर पनि मतदान गर्न सक्ने व्यवस्था गर्नु पर्ने माग जनमत पार्टीले गरेको हो ।
निर्वाचनको क्रममा निर्वाचन आयोगदेखि लिएर निर्वाचन अधिकृतहरूले कुनै पनि सत्ताधारी पार्टीहरूको पक्ष नलिई सबै पार्टीहरूसँग समान व्यवहार गर्दै निष्पक्ष रूपमा निर्णयहरू गर्नु पर्ने ज्ञापन पत्रमा उल्लेख छ । निर्वाचनमा हुने विकृत कार्यहरु रोक्न निर्वाचन आचारसंहिता ठोस रुपमा कार्यन्वयन गराउन जनमत पार्टीले माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *