पथरीशनिश्चरे, १४ फागुन

नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) वडा नं ३ को वडा कमिटी गठन भएको छ । राज पयाङ्गु लिम्बुको अध्यक्षतामा ४० सदस्यीय कमिटी गठन भएको हाे।

पिपल चोक सामाजिक आधारभूत विद्यालयमा सम्पन्न भेलालाई संबोधन गर्दै अतिथि समेत रहनुभएकी प्रदेश नं १ की सांसद कृष्ण कुमारी राईले संसदमा रहदाँ अघिल्लो एमालेको सरकारले नेपाली जनताको हितमा काम नगरेको बताउँदै नेकपा-एकीकृत समाजवादी पार्टीले कलम चिन्ह लिएर निर्वाचनमा आएको र अत्यधिक मत दिन आव्हान गर्नुभएको थियो । नगरकमिटीका सदस्य चिरिञ्जीवी धितालको अध्यक्षतामा भएको वडा भेलामा संविधान सभाका सभासद तथा नेकपा- एकीकृत समाजवादीको मोरङ्ग जिल्ला कमिटी उपाध्यक्ष चण्डी प्रसाद राई आफुहरु सधैं नै जनताका लागि समर्पित भै लागिरहेको बताउनुभयो ।

सोहि क्रममा पूर्व भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या समाधान आयोगमा सदस्य समेत रहेका प्रदेश कमिटी सदस्य मान बहादुर युङ्साहाङ् लिम्बूले नेकपा एमालेले राष्ट्रघाती एमसीसी जस्ताको तस्तै पास गर्न नहुने बताउनुभयो। केपी सरकारले धर्मनिरपेक्ष, आदिवासी जनजाति, महिला दलित , मुस्लिम लगायतका विभिन्न मुद्दामा केन्द्रित नभएर संविधानले दिएका मौलिक हक -अधिकारहरु विरूद्ध काम गरेकाले अर्को अनुशासित एकीकृत समाजवादी दलको निर्माण गरिएको हो बताउनुभयो।
यसैगरी , प्रदेश कमिटी सदस्य टंक भण्डारी- विगतको एकल कम्यूनिष्ट सरकारले जनताको हितमा काम गर्न नसकेको बताउँदै ७० वर्ष अगाडीदेखि हाम्रो पुर्खाले फाँडेर जोतभोग गर्दैआएको भूमिको स्वामित्व ग्रहण गर्न , भूमिसम्विन्धी समस्या समाधान गर्न तथा जनताको हितमा काम गर्ने प्रतिबद्धता जनाएका थिए। सोहि अवसरमा वडा नं-३ को लागि संघीय लिम्बुवान पार्टी नेपालबाट हालै पार्टी परित्याग गरी नेकपा- एसमा प्रवेश गर्नु भएका मोरङ्ग जिल्ला उपाध्यक्ष राज पयाङ्गु लिम्बुको अध्यक्षतामा गठन गरिएको हो। नव गठित वडाकमिटीका उपाध्यक्ष मिलन राई , सचिव धनश्याम श्रेष्ठ , उप- सचिव – विकास चेम्जोङ तथा सदस्यहरु क्रमशः चन्द्र राई, मिन कुमार शेर्मा ,तुलसा परियार , बम बहादुर सम्हाम्फे , सम्भु पन्धाक , विवेक लिम्बु , विक्रम लिम्बु , दिनेश लिम्बु , सन्दीप लिम्बु , विशेष लिम्बु , विनोद सुनुवार , विनोद विक , रवी राई , समीर सुनुवार , सन्जय लिम्बु , ,मिलन लिम्बु , विश्वास लिम्बु , नयन लिम्बु , दिवश नेम्बाङ्ग , मौसम राई , नामोद लिम्बु , ओम लिम्बु , सचिन राई , मन कुमारी आङदेम्बे , कोपिला लिम्बु , दिनेश सुनुवार , विशेष नेम्वाङ, सुन कुमार नेम्वाङ , रामजी शर्मा , सुनिता लिम्बु , तिल ब आङ्वाे , वेदमाया वजगाइ, दिल कुमारी नेम्वाङ , देवेन्द्र परियार रहेका छन् ।
नवप्रवेशी तथा वडा कमिटीका पदाधिकारीहरुलाई प्रमुख अतिथि कृष्ण कुमारी राई , संविधान सभाका सभासद चण्डी प्रसाद राई,मान बहादुर लिम्बू, टंक भण्डारी लगायतले अविर लगाई पार्टीमा स्वागत गर्नु भएको थियो। पार्टीमा प्रवेश भइ संगठित पदाधिकारीहरुलाई नगर अध्यक्ष तुलसी ढकाल, मान बहादुर युङ्साहाङ् लिम्बु, टंक भण्डारी, लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियाे । कार्यक्रम सञ्चालन जिल्ला कमिटी सदस्य कर्ण परियारले गर्नुभएको थियो।