फाल्गुन १४ शनिबार
रबिन्द्र बराल

ईलाका प्रहरी कार्यालय रंगेली ले फाल्गुन १२ गते धनपालथान गाउँ पालिका ४ बाट बेवारिसे अवस्थामा फेला पारेका बालक लाई आफन्तकाे जिम्मा लगाएकाे छ । सर्लाही बरहथवा नगरपालिका १४ ललिया टोल बस्ने बुवा बिरेन्द्र राम र आमा मनिया देवी राम लाई बालक जिम्मा लगाएका हुन ।

सुस्त मनस्थिति भएका २२ बर्षका दिलिप राम लाई रंगेली प्रहरीले फेला पारेर संरक्षणमा राखेका थिए । प्रहरीले साेहि दिन आफ्नो फेशबुक मार्फत बालक फेला परेको सुचना निकालेका थिए । फेशबुक मार्फत आफुले छाेरा लाई फेला पारेको बुबा बिरेन्द्र रामले बताए ।

प्रहरीले मानवता देखाउदै दिलिपकाे शरिरमा एक सराे लुगा समेत नभएको देखेर ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरीले दिलिप लाई राम्रो लुगा र खुट्टामा चप्पल लगाएर उनकाे बुबा आमा लाई जिम्मा लगाएका हुन ।