चुनावी माहाेल सुर भए संगै गाउँ घरमा नेता हरु चलवलाउन थाले ।१८ बर्ष नपुगेकालाई पार्टिमा  समावेश ।थारु पाेर्टल

Spread the love
फाल्गुन। १५
नेपाल सरकारले बैशाख ३० गते स्थानीय तहकाे निर्वाचनकाे मिती घाेषणा गरेपछि पछिल्लो समयमा गाउँ घरका नेता तथा कार्यकर्ता हरु काे हालि मुहालि सुरु भएको छ । स्थानीय तहकाे निर्वाचन हुने निस्चित भए पछि केही साता अगाडि देखि गाउँ तथा टाेल टाेलमा पुगेर नेता हरु देश चुनावी माहाेलमा गएकाे भन्दै गाउँ तथा वडा स्तरीय कमिटी धमाधम बनाउन थालेका छन । हरेक पाटि ले आफ्नो पाटिमा बाहुल्यता राम्रो देखाउन अग्रसर भएका छन ।
स्थानीय नेता हरुले जिल्ला , क्षेत्र तथा केन्द्रमा आफ्नो मुल्यांकन र ठुला नेता हरुकाे आशिर्वाद तथा आफ्नो पहिचान थप मजबुत बनाउनकाका लागि गाउँ घरका साेझा साझा युवा ,महिला हरु लाई आफ्नो पाटिमा आवद्ध गराई रहेका छन । अहिले विभिन्न पाटि हरुले भाेटाेलिस्टमा नाम नभएको र १८ बर्ष समेत नपुगेका र चुवनामा समावेश नभए का युवा हरु लाई समेत अहिले आफ्नो पाटिमा आबद्ध गराई रहेकाे पाईन्छ ।
चार बर्ष भित्रमा गाउँ घरमा नेता तथा कार्यकर्ता हरु फर्केर नगएता आएता पनि अब पुनः चुनाव हुने भए पछि गाउँ घरमा आएर रमिता देखाउन थालेका छन । सुखि नेपाल, समृद्ध नेपालकाे परिकल्पना देखाउन थालेका छन । चुनाबकाे समयमा मात्रै नेता हरु गाउँ आउने र चुानव मा जितेर कुर्सीमा पुगे आफ्नै नाता ,परिवार हरु काे भलाइ चाहाने र गाउँ बाट जिताएर पठाउने साेझासाझा जनता हरु लाई फर्केर समेत नहेर्ने गरेका कारण आम जनता लाई नेता हरु ले जितेर गए उनी हरु मात्रै बलियो हुने र आम सर्वसाधारणको बेवास्ता समेत नगर्ने गरेको पाईएकाे छ ।
अब आउने क्षेत्र र केन्द्रीय , स्थानीय चुनावमा नेता चयन गर्दा हाम्राे पाटि भनेर भाेट हाल्ने हैन राम्रो काम गर्ने र नगर काे बिकास चाहने र याेजना लिएर अगाडि बड्ने र भिजन बाेकेर हिड्ने ब्यक्ति लाई चयन गर्नु पर्ने देखिन्छ। पाँच बर्षकाे अबधिमा आफ्नो छिमेकी गाउँ पालिका तथा नगरपालिका मा के कति बिकाश निर्माणकार्य भएको भन्ने बिचार समेत गर्नुपर्ने देखिन्छ । पाँच बर्षकाे अबधिमा कुन ब्यक्ति ले के के काम गरे र अब आउने चुनाव मा समेत आफ्नो नगरकाे बिकास कस्ले गर्ने सक्ला भनेर समयमै बुद्धि बिबेक प्रयोग गरेर आफ्नो एक मत समेत खेर नजाने गरि भाेट हाल्नु पर्ने समेत देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *