लागुऔषध सहित कटहरीका ३ युवा पक्राउ ।थारु पाेर्टल

Spread the love
फाल्गुन १५ ।आईतबार
रबिन्द्र बराल
Open photo
मोरङ धनपालथान गाउँ पालिका २ स्थित खयरवना बोडर बाट लागू औषध सहित ३ जना पक्राउ परेका छन । बिहीबार प्रहरी चाैकी अमाहीबरियाती बाट खटिएको गस्ती टोलीले उनी हरु लाई पक्राउ गरेको हाे । को ३ प ६२९ नंम्बरकोTvsमोटरसाईकलमा सवार रहेका उनिहरु लाई चेक जाँच गर्दा मोरङकाे कटहरी गाउँ पालिका ४ बस्ने वर्ष २३ का इस्माईल मिया, साेहि स्थान बस्ने वर्ष २३ का सेख वेलाल मिया र बस्ने वर्ष २८ का सेख वेहालुन मियालाई लागुऔषध सहित पक्राउ गरिएको हाे ।
उनिहरुकाे साथ बाट Nitravet Tablet – १५ पत्ता ४५० गोट्टी सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेपालमा प्रतिबन्धित लागुऔषध लिएर भारत बाट अबैध रुपमा नेपाल तर्फ आउदै गरेका तीन जना लाई पक्राउ गरेको हाे । उनिहरुलाई अनुसन्धानका लागी जिल्ला अदालत मोरङबाट ५ दिन  म्याद थप गरि  अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक अनमाेल खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *