फाल्गुन १५ आईतबार
रबिन्द्र बराल

२०७१ सालमा स्थापना भएको सबिता देवि अग्रवाल ट्रसले माेरङकाे रंगेली नगरपालिका ९ स्थित दाेहमना वजार नजिकै मा रहेको बगान टाेलकाे सुकुम्बासी बस्तिमा बसाेवास गर्दे आईरहेका देव नारायण ऋषिदेवकाे परिवर अतिविपन्न रहेको र जेठ्ठि छाेरीकाे विवहाका लागि आर्थिक अभावका कारण पुजा ऋषिदेवकाे विवहा सबिता देवि ट्रस ले गराई दिएको छ ।

देवनारायणले आफ्नो छाेरीकाे विवहा ईनरुवा नगरपालिका ३ का विजय ऋषिदेव संग गराएका हुन । आफ्नो आर्थिक अभाव नभएकाे र आफुले सविता देवि ट्रस लाई जानकारी गराए पछि बिवहा मा लाग्ने खाना खर्च देखि बेहुली लाई चाहिने जति सामान ट्रस बाटै दिएर छाेरीकाे विवाहा सम्पन्न भएको उनलेे बताए ।

ट्रसले बिगत ४ बर्ष देखि गाउँ घरमा रहेका गरिव परिवार तथा अतिविपन्न परिवार हरुलाई हरेक सहयोग गर्दे आईरहेता पनि पछिल्लो समयमा उक्त संस्थाले गरिव परिवार भए कै कारण छाेरी बिवाहा नहुने भएको हुनाले बिवहा गर्ने उमेर भई सकेता पनि आर्थिक अभावका कारण बिवाह नहुने जानकारी पाए पछि सहयोग गर्न सुरु गरेको ट्रस का सदस्य राजेश वगडिया ले बताए ।

आईतबार बिवाह कार्यक्रम सहभागी हुँदै संस्थाका सदस्य राजेश शर्मा, समाज सेवि कमल राजवंशी ,अनिल महेश्री , विभिन्न वडा अध्यक्ष लागयतकाे उपस्थितिमा दुलहि लाई साडि, चुरा, पाउजु, घडि , लुगा फाटा, र नगद ११ सय रुपैयाँ समेत दिएका थिए । भने जन्ति आएका सबै लाई बहुभाेजकाे समेत आयाेजना गरेको थिए । ट्रसले चार बर्षकाे अबधिमा १५ बटा गरिव परिवारकाे विवाह समेत गराई सकेका छन । आगामी दिनमा पनि भने गरिव परिवारका छाेरी हरुकाे विवाह गरिदै लैजाने र थप गरिव परिवारलाई सहयोग गर्दे जाने राजेश शर्मा ले बताए ।