दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लब झापाको पूर्वाञ्चललाई हराउँदै सेमिफाइनलमा ।थारु पाेर्टल

Spread the love
१६ ।फागुन
Open photo
 दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लब मोरङको सुनबर्षी  २ अमरदहमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण अमरदह ढल्के जोबन गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
आइतबार भएको खेलमा दार्जिलिङले झापाको पूर्वाञ्चल भेट्रान्सलाई ४–० गोलले हराउँदै दार्जिलिङ भेट्रान फुटबल क्लब अन्तिम चारमा पुगेको हो । दार्जिलिङले प्रतियोगिताको चौथो मिनेटमा क्यारेङ्सन लिङसुङको गोलबाट अग्रता लिएको थियो। मध्यभागबाट एक्लै बल लगेर लिङसुङले गोल गरेका थिए । पूर्वार्धमा १–० ले पछि परेको पूर्वाञ्चल भेट्रान दोस्रो हाफपछि रक्षात्मक देखियो । ४४ओैँ मिनेटमा पूर्वाञ्चल भेट्रान क्लब झापाका लालबहादुर आलेले दार्जिलिङका डोनाल्ड डिण्डोलाई डिबक्स भित्र फल गरेपछि दार्जिलिङले पेनाल्टीको मौका पाएको थियो ।
Open photo
पेनाल्टी प्रहारबाट इजरायल गुरुङले गोल गर्दै दार्जि   गरेको थियो । दुई गोल गर्ने दार्जिलिङका डोनाल्ड प्रतियोगिताको “म्यान अफ दि म्याच “घोषित भएका थिए । आजका प्रमुख अतिथि समेत रहनुभएका रतुवामाई नगरपालिकाका मेयर रवीन राईले दार्जिलिङका जर्सी नं २ का डोनाल्ड डिन्डोलाई नगद ५ हजार र ट्रफी प्रदान गर्नुभएको थियो ।
आज सोमबार द योङ ब्रदर्स- ईटहरी सुनसरी र पोखरा भेट्रान्सबीच प्रतिस्पर्धा हुने अमरदह चौथो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपका अध्यक्ष प्रताप तामाङले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *