रंगेलीमा आगलागी हुदाँ तीन घर जलेर खरानी लाखाैकाे नाेक्सानी ।थारु पाेर्टल

Spread the love
फाल्गुन १६ साेमबार
रबिन्द्र बराल
मोरङकाे पुरानाे सदरमुकाम  रंगेली नगरपालिका  वडा नं २ काे कमल झोडामा  आगलागी हुन तीन घर जलेर खरानि भएको छ ।
हिजाे राती आगलागी हुदा साेहि स्थानमा बस्ने राज कुमार भुजेलको  १ कोठे घरमा आगलागि हुदा भुजेलकाे मुल घर , गाईगाेठ र भान्सा घरमा समेत आगलागी हुदा नगद चालिस हजार रुपैयाँ चाँदी २० तोला, अन्नपात , भाडा वर्तन, लत्ता कपडा गरी लगभग  ३ लाख बराबरको क्षति भएको छ ।
त्यसै गरि छिमेकी बिष्णु ऋषिदेवको घर २ वटा गाईकाे गाेठ र भान्सा समेत जलेर नष्ट भएको छ । घर धनीको भनाई अनुसार नगद छाठ्ठी हजार अन्नपात , लत्ताकपडा भाडा वर्तन गरी ३ लाख पच्चास हजार बराबरको क्षति भएको छ । त्यसैगरी अर्का  छिमेकी दिप लाल रिषिदेवको घर काे भान्सा घर पुर्णरुमपा जली क्षति भएको प्रहरीले जनाएको छ ।
निजको नगद १ लाख , चाँदी २२ तोला र सुन चारआना, अन्नपात, लत्ता कपडा,भाडावर्तन गरी २ लाख पच्चास हजार गरि जम्मा ९ लाख बराबरको क्षति भएको छ । साे आगाे नियन्त्रणका लागि स्थानीय ,नेपाल प्रहरी रंगेली नगरपालिकाको दमकल, बेलबारीको दमकल र सुन्दर हरैचाकाे दमकलले राति ९ बजे आगाे   पुर्ण रुपमा नियन्त्रणमा आएको ईलाका कार्यलय रंगेलीका प्रहरी निरिक्षक अनमाेल खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *