आर्थिक विपन्न तथा एकल महिलाकालागि बायोमास चुल्हो ।थारु पाेर्टल

Spread the love
पथरी शनिश्चरे, १७ फागुन
मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले आर्थिक विपन्न एकल महिलाहरुका लागि बायोमास चुल्हो वितरणका क्रममा  वडा नम्बर ६ र ८ का ९ परिवारलाई वितरण गरिएको छ ।
नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको पहल तथा अगुवाईमा वडा नम्बर ६ का सदस्य जीवच्छ राई (जीवन), समाजसेवीहरु लालबहादुर (एलबी) भण्डारी, गंगा धिमाल सहितले सो वडाका ४ परिवारलाई दाउरा बालेर खाना पकाउने फलामे चुल्हो वितरण गरिएको हो । त्यस्तै, उपप्रमुख वास्तोलाले वडाका समाजसेवी नारायण पाण्डे, प्रकाशबहादुर कार्की, नवीनजंग कार्की, रमेशकुमार कटुवाल सहितको सहभागितामा ५ परिवारलाई चुल्हो वितरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *