कानेपाेखरी गाउँपालिका वडा नं ५ जहदामा रहेकाे नव उदय समुहले गर्याे लागुऔषध दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम । थारु पाेर्टल

Spread the love

२५।असार।कानेपाेखरी

विद्यानन्द चाेधरी

कानेपाेखरी गाउँपालिका वडा नं ५ जहदामा रहेकाे नव उदय समुहले आज २५ गते सनिवार लागु औषध दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम जन जागृति सामुदायीक वनकाे प्राङ्गगनमा एक औपचारीक कार्यक्रमकाे आयाेजना गरेकाे छ ।

 

कार्यक्रम सन्ताेष राईकाे अध्यक्षतामा सुरु भएकाे थियाे भने वडा अध्यक्ष चरण गुरुङ्गकाे प्रमुख आथितिय रहेकाे थियाे भने उद्धार सुधार गृह केराबारीका खगेन्द्र क्षेत्रीकाे विशिष्ट अथितिरहेकाे थिथाे भने सिहं देवी माविका प्राधानाध्याक दिपक थापा जन जागृति सामुदायीक वनमा प्रतिनिधीहरु देवराज राई ,लक्ष्मी रिजाल, रत्न राई ,तथा समाज सेवी भाेज कुमार श्रैष्ट जेसिसका सन्ताेष फुयल, युवा नेता विवेक लिम्वु, विसु राई ,सन्ताेष गुरुङ्ग लगायतकाे आथितिय रहेकाे थियाे ।

 

लागु औषध रहरले हैन बाध्यताले कुलतमा लाग्दछ भने केही क्षणिक आन्नदकाे लागी तथा खराव साथी भाईकाे संगतले यसमा युवाहरु लागेकाे पाईन्छ भन्नेकुरा सिहं देवी माविका प्राधानाध्याक दिपक थापाले बताउनु भयाे अधिकांस युवाहरु हाईफाई तथा स्माटका लागी समेत प्रयाेग गरेका छन । उद्धार सुधार गृह केराबारीका खगेन्द्र क्षेत्रीले आफु लागु औषधमा परेर आफ्नाे जिवन लाई मृतुकाे मुखमा लगेकाे र पुःन सुध्रेकाे र कुलतमा परेका युवाहरुलाई विगत केही वर्ष देखी सुधार्दै आईरहेकाे कैयाे उदाहरण रहेकाे छ ।७ महिना अगाडि सुधार केन्द्रबाट आएका दिपेन नेपाली बताउछन म गरीविकाे कारणले कुलतमा लागेकाे थिए तर मलाई अग्रज हरुकाे साथ सहयाेगले अहिले म लागु औषध मुक्त रहित जिवन विताईरहेकाे बताए ।

 

जाे काेही यस दलदलमा पर्छ उसले गाउँ समाज घर समाजमा केहीन केही घटनाहरु घटाउछ जस्तै चाेरी लुटपाट आदी ।दुर्वसनीमा परेकाहरुलाई गालीले हैन अरु जस्तै असल ब्यवहार गरे उसले त्याे दलदलबाट निस्कने सक्ने वढि संभावना हुन्छ । प्रमुख आथिति वडा अध्यक्ष चरण गुरुङ्गले याे समुहलाई पालिका तथा वडाकाे तर्फबाट सहयाेग गर्ने र राम्रा राम्रा कामगरे आर्थीक सहयाेग समेत गर्ने वताए तथा लागु औषध ओसार पसार गर्ने डिलरलाई नै पता लगाएर कार्वाहीकाे दाहिरामा ल्याउन सके चाडै नै याे निर्मुल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *