२६ ।असार

२०७९ लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना ७ जना महिला सेयर सदस्यहरुलाई घरैमा गएर पोषण खर्चसहित हेप्पी बेबी गिफ्ट र बाल बचतको लागि खुत्रुके प्रदान गरेको छ ।
सुत्केरी सदस्य भेटघाट कार्यक्रम अन्तरगत संस्थाको महिला उप–समितिले रमा श्रेष्ठ (सदस्यता नं. ११६७), लीलादेवी लिम्बू (सदस्यता नं. १२१८), भावनाकुमारी मगर (सदस्यता नंं १८७१), प्रमिला खजुम लिम्बू (सदस्यता नं. १९३६), दिक्षामाया राई (सदस्यता नं. २३९५), निलम धिमाल (सदस्यता नं. २९५१) र रेनका मगर (सदस्यता नं. ३००४) को घरैमा गएर सन्तान प्राप्तीको सुखद अवसरमा संस्थाको तर्फबाट बधाई एवम् शुभकामनासमेत व्यक्त गरेको थियो ।
संस्थाले महिला सेयर सदस्यहरुलाई सुत्केरी भएको बेला सदस्य राहत कोषबाट पोषण खर्च वापत रू.१५ सय र बाल बचतमा जम्मा हुने गरी रू.५ सय जम्मा रू.२ हजार उपलब्ध गराउँदै आईरहेको छ ।