असार २७ साेमबार
रबिन्द्र बराल

माेरङकाे सुनवर्सि नगरपालिका ५ स्थित टकुवाका दुई जना अपाङ्गता भएका बालक लाई ह्विलचिएर बितरण गरिएको छ । बालबालिका हरुलाई बिधालय सम्म पुग्न र घर बाट बाहिर निस्कदा समेत समस्या मा परेकाे भन्दै सुनवर्सि ५ का प्रशुराम पासवानका १० बर्षका छोरा रोहित पासवान र शम्भु मंडलका १२ बर्षका छोरा अरविन्द मंण्डल लाई ह्वलचियर बितरण गरेको सुनवर्सि ५ का वडा अध्यक्ष श्री युगेश्वर प्र ठाकुर ले बताए । उक्त ह्विलचियर रंगेली नगरपालिका ७ घर भएका मनाेज साेनीले दिएकाे समजसेवि कमलेश्वर ठाकुरले बताए ।