कानेपोखरी गाउँपालिका  वडा न‍ ६ का  आकाश लिम्बूले श्रीमती र भाउजूलाई खुकुरी प्रहार ।थारु पाेर्टल

Spread the love

२८।असार।कानेपाेखरी

मोरङको कानेपोखरी गाउँपालिका  वडा न‍ ६ का  आकाश लिम्बूले श्रीमती र भाउजूलाई खुकुरी प्रहार गरेका छन् ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार आइतबार राति साढे ९ बजेतिर  ३८ वर्षीय आकाश लिम्बूले श्रीमती  वर्षीया रोजिना लिम्बू र भाउजू   मनमाया लिम्बूलाई खुकुरी प्रहार गरेका हुन्  ।प्रहरीका अनुसार घाइते दुवै जनाको हात, खुट्टा र शरीरका विभिन्न भागमा  खुकुरीकाे चोट लागेको छ।

उनीहरुको विराटनगरकाे नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। आकाशलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।घरायसी विवादका हुँदा आकाशले श्रीमतीलाई पहिला खुकुरी प्रहार गरेपछि भाउजूलाई समेत प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेपनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *