गुणस्तर हिन काम भएको भन्दै सामाजिक सन्जालमा चर्चा कमाईरहेका  उपमेयर कता ?थारु पाेर्टल

Spread the love
असार २८
रबिन्द्र बराल
मोरङको सुनवर्षी नरपालिका–९ डायनियाँमा गुणस्तरहिन सडक निर्माण हुँदै गरेको पाइएको छ ।
शिवेश्वर मार्ग भनिएको डायनियाँ चोकदेखि दक्षिण प्रहरी चौकी जने सडकको काम गुणस्तरहिन भएको भन्दै स्थानीय आक्राेशीत बनेका छन । १५ दिन अगाडि साे सडकमा मापदण्ड अनुसार काम नभएको भन्दै सुनवर्षी नगरपालिकाकी उपमेयर मिरा देवी दासले अनुगमन समेत गरेकि थिईन ।
साेहि दिन प्राविधिक सहितको टाेलिले सडक अगुगम गर्दा काम गुणस्तरहिन भेटिएको थियो । निर्माण हुँदै गरेको सडकका विभिन्न स्थानमा खन्न लगाएर चेकजाँच गर्दा काम गुणस्तरहिन पाइएको थियोे । इन्तीयाज आलमको साहेमा कन्स्ट्रक्सन प्राईभेट लिमिटेडले ठेक्का लिएको हाे । १० दिन अगाडि गुणस्तरीय हिन काम भएको भन्दै काम राेक्ने उपमेयर दास १० दिन पछि पुनः कमसल काम लाईके कसरी मान्यता दिईन ? ईन्जिनियर सम्भु सिहं गन्गाईका अनुसार निर्माण सडकमा अगाडिको भागमा कालाे पत्रेकाे माेटाई वढाएर काम सुरु गर्ने लगाएकाे भन्दै पंन्छिन समेत खाेजेका छन
। स्थानीय मिलेमतो भए पछि काम सुरु भएको आराेप समेत लगाएका छन । साे बिषयमा बुझनका लागि बारम्बार सम्पर्क गर्दा समेत उपमेयर दासकाे फाेन भने उठेन । साे सडक निर्माणकार्य गर्नु पहिले नै कन्ट्रक्सन ले सुचना पाटि अनिवार्य राख्नुपर्ने भएता पनि निर्माणकार्य सम्मपन्न भई सक्दा समेत सुचना पाटि राखिएको छैन । साहेना कन्ट्रक्सनका प्रमुख इन्तीयाज आलमले भने अब केही दि मा सुचना पाटि राख्ने भन्दै लज्जास्पद कुरा गरेका छन । साे सडक २५ लाखकाे लागतमा २ सय ५५ मिटर लम्बाई  रहेको आलमले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *