असार ३० ।कानेपोखरी।
विद्यानन्द चाैधरी
मोरङकाे कानेपोखरी गाउँपालिका आफ्नै प्राङ्गगणमा असार २९गते एक औपचारिक कार्यक्रमको आयोजना गरेर गाउँपालिकाको आयोजना र भुल्के मिडियाकाे सहजिकरणमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
कार्यक्रमको सहजीकरण भने पत्रकार बाबुराम निरौलाले गरेका थिए ।
कानेपोखरी गाउँपालिका स्थानिय सरकार प्रमुख राजमती इङ्नामको अध्यक्षतामा सञ्चालन भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहजकर्ता निरौलाले भुल्के मिडिया प्रालि मोहन भट्टराई र दिनेश सुब्बाले १५ दिन लगाएर कानेपोखरीको सबै ७ वटै वडाबाट जन्ताहरुकाे उत्तर टिपोट गरि त्पसै टिपाेट गरेकाे उत्तरहरुकाे बारेमा छलफल भएकाे थियाे ।सार्वजनिक सुनुवाईमा उपस्थित गाउँबासिहरूले समेत प्रशन राखेका थिए भने प्रशनकाे उत्तर प्रशासकिय अधिकृत सन्ताेष घिमिरेगाउँपालिका उपाध्यक्ष भोलाप्रसाद अधिकारी र अध्यक्ष राजमती इङ्नामले उत्तर दिनु भएकाे थियाे ।