विद्यालयका स्काउट शिक्षकका लागि ६ दिने आधारभूत तालिम सम्पन्न ।थारु पाेर्टल

Spread the love
पथरी शनिश्चरे, ३० असार
मोरङको पथरी शनिश्चरेस्थित स्काउट समितिको आयोजनामा विद्यालयका स्काउट शिक्षकका लागि ६ दिने आधारभूत तालिम आज सम्पन्न भएको छ ।
नगर उपप्रमुख एवम नगरकी प्रमुख स्काउट देवीमाया काफ्लेले अनुशासनको पाठ सिकाएर विद्यार्थी र समुदायको आपतकालिन सहयोगका लागि स्काउटको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । स्काउटका राष्ट्रिय प्रशिक्षक निर्मला अधिकारी, सहायक राष्ट्रिय प्रशिक्षक नवलप्रसाद उपाद्याय सहितले पूरुषका लागि ५०४ बीटिसी र महिलाका लागि ३६६ पीटिसी तालिमको सहजीकरण गर्नु भयो । सामुदायिक र सस्थागत विद्यालयका १ पूरुष र १ महिला गरि १९ पूरुष र २० महिलाको सहभागिता रहेको तालिम समापनमा स्काउट प्रदेश संयोजक रवि खनाल, नगर अध्यक्ष रोशन बुढाथोकी सहितले प्रमाणपत्र वितरण गर्दै मन्तब्व व्यक्त गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *