गुडिरहेको गाडिमा अचानक आगजनी घट्ना स्थलमा हर्क साम्पाङ पनि पुगे

Spread the love

असार, ३१            जोगबनीबाट भेडेटार घुम्न जाँदै गर्दा ५ जना सवार ईन्डियन गाडी BR 11 U 4047 नम्बरको निशान कम्पनीको ट्रेनो कार गुडि रहेको अवस्थामै आगजनी भएको छ । बिचबाटोमै आगजनी भएकोले केही बेर बाटो अवरोध समेत भएको थियो ।गाडिको ईन्जिनमा धुवा आउदा समेत चालक राजिब कुमार सिंह ले पत्तै पाएको थिएन यदि अर्को गाडिको चालक ले नभनिदिएको भए ठूलो घट्ना हुने चालकले बताए किन भने थाहा पाएको ३ मिनेटमा गाडी जलेर नस्ट भएको थियो भने मानविय कुनै पनि क्षती नभएको चलकले जानकारी दिए। घट्ना असाढ ३१ गते शुक्रबार १ बजे धरान-४ स्थित आपगाछी मोडको हो । घट्ना बारे जानकारी पाए लगतै बारुन्यन्त्र सहित नेपाल प्रहरी, शस्त्र प्रहरीका टिम आएर गाडिमा लागेको आगो नियन्त्रणमा लिईएको थियो । आगो नियन्त्रण भएको केहिबेरमा धरानका मेयर हर्क बहादुर सम्पाङ पनि घटना स्थलमा पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *