पथरी शनिश्चरे ३२ असार

मोरङको पथरी शनिश्चरे वडा नम्बर ८ लाई सफा र हरियाली बनाउने उदेश्य अनुरूप आज स्थानीय बुद्ध माध्यमिक विद्यालयको नर्सरी (केर्खा टोल) मा चराचुरुङ्गीहरुको आहाराका लागि फललाग्ने प्रजातिका २ सय बिरुवा रोपिएको छ । वडाको आयोजनामा, जमुना, नेवारो, अमला, शिरीष सहितका बिरुवा रोपिएको हो ।
कार्यक्रममा वडा नम्बर ८ का वडाअध्यक्ष नवीन कार्की, वडा सदस्य बाबुराम चौधरी, झमकबहादुर लिम्बू, बुद्ध माध्यमिक विद्यालयका ब्यबस्थापन समिति अध्यक्ष खेमबहादुर खड्का, शिक्षक अभिभावक संघका अध्यक्ष सुरेन्द्र चापागाईं, प्रधानाध्यापक बोधराज सिग्देल, बाल जागरण विद्या मन्दिरका प्रधानाध्यापक नरबहादुर कार्की लगायत विद्यालयका शिक्षक, अभिभावक तथा स्थानिय समुदायको उल्लेख्य उपस्थिति रहेको थियो । वडा नम्बर ८ ले वडालाई सफा र हरियाली बनाउने घोषणा गरेपछिको यो पहिलो कार्यक्रम रहेको छ ।
जनप्रतिनिधिहरु निर्वाचित भएर आएपश्चात पहिलो बैठकमा वडाअध्यक्षलाई आएको भोट बराबर बिरुवा रोप्ने निर्णय गरेको वडाले आफ्नो निर्णयलाइ कार्यान्वयनमा लगेको वडाध्यक्ष कार्कीले बताउनु भयो । भोलि दुर्गा आधारभुत विद्यालय शुक्रबारेमा पनि धुपी, कल्की सहित बृक्षारोपण गरिने छ ।