मोटरसाईकल चोरी गरेको आरोपमा बिराटनगर र दुहवीका ४ युवा पक्राउ ।थारु पाेर्टल

Spread the love
साउन १ ।कानेपाेखरी।
मोटरसाईकल चोरी गरेको आरोपमा मोरङ विराटनगरका ४ जना युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको गरेको छ । पक्राउ पर्नेमा विराटनगर ४ बस्ने २२ बर्षिय नविन माझी, विराटनगर ८ बस्ने २५ बर्षिय मोहमद हजरत, सुनसरीको दुहवी वडा नम्बर ९ बस्ने १८ बर्षिय मोहमद सलाउदिन र सोही स्थानमा बस्ने ३४ बर्षिय मोहमद नसुरदिन रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई मोटरसाईकल सहित पक्राउ गरेका थिए । विराटनगर ४ स्थित सामुदायिक मेडिकल हल अगाडी र विराटनगर ४ स्थित नोवेल अस्पताल कम्पाउण्ड भित्र पार्किङ गरी राखेको मोटरसाईकल चोरी गरेका थिए । विभिन्न समयमा उनिहरुले को ६ प ६८०२ नम्बरको डिस्कभर, प्र १ –०१०–१३ प ४५०७ नम्बर १५० सिसिको पल्सर, र नम्बर नखुलेको १५० सिसिको पल्सर मोटरसाईकल चोरी गरेको थियो । जिल्ला अदालतबाट चोरी कसूरमा ५ दिनकाे  म्याद थप गरी  अनुसन्धान भईरहेको जिल्ला प्रहरीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *