श्रावन।१
रबिन्द्र बराल

रंगेली नगरपालिकाले अतिविपन्न घरपरिवार लाई सबल उद्धमी बनाउने उदेश्य ले चाैपाया बितरण गरेको छ ।
नगरपालिकाले विभिन्न समयमा कृषक हरुलाई सबल हुने अपेक्षा राख्दै विभिन्न कार्यक्रम हरु सन्चालन गर्दे आईरहेकाे छ । साेहि कार्यक्रम अन्तर्गत रंगेली नगरपालिका ३ स्थित शान्ति आर्यघाट मा एक कार्यक्रमकाे आयोजना गरेको हाे । नगरपालिकाको सहयोग र उद्योग बाणिज्य मन्त्रालय अन्तर्गत गरीब निवारण लघु उद्यमीको आयोजनामा कार्यक्रम गरेका हुन । बर्षिक रुपमा ३८ हजार रुपैयाँ सम्मका आम्दानी हुने र आफ्नो आर्थिक अवस्था कमजोर भएका १० परिवारलाई माउ गाई, र बाछी समेत बितरण गरेको हाे ।
कृषक हरुलाई गाई छनाेट मा बिबाद नहाेस भनेर सहभागी हरुकाे सुझावका अनुसार गाईकाे जिउमा नम्बर लेखर टाँस गरिए पछि साेहि वमाेजिम गाेला प्रथा द्वारा गाई बितरण गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि नगरप्रमुख दिलिप बगडिया, उपमेयर भुमा पराजुली , वडा नम्वर ३ का अध्यक्ष भरत प्रसाईं , सलिना बास्के , गरिब निवारण लघु उद्यमीका सहज कर्ता दुर्गा न्यौपानेकाे अनुसार नगरले बिगत बर्षदेखि यस्ता कार्यक्रमकाे सुरुवात गरेको र कृषक हरुलाई बुङ्गुर पालन, गाई, वाख्रा पालनका बिषयमा तालिम मा सहभागीहरुलाई गाई बितरण गरेको दाहालले बाताईन ।