थारु पोखरीमा यस अघिको इटहरी सरकारले निर्माण सुरु गरेको संरचना हालको इटहरी सरकारलाई समस्या ।थारु पाेर्टल

Spread the love

साउन।३।इटहरी 

इटहरी उपमहानगरपालिका वडा नम्बर–४ मा रहेकाे थारु पोखरीमा यस अघिको इटहरी सरकारले निर्माण सुरु गरेको संरचना हालको इटहरी सरकारलाई समस्याको विषय बनेको छ ।

 

२०७४ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित इटहरी सरकारले आर्थिक वर्ष २०७८–२०७९ को बजेटबाट इटहरी–४ स्थित थारु पोखरीमा ब्रह्माको मूर्ति बनाएको थियो । मूल्य अभिवृद्धि कर सहित ३ लाख ८७ हजार ४ सय ६ रुपैया ३२ पैसा लागतमा २०७९–१–८ गते आयोजना सुरु भइ २०७९–३–२९ गते सम्पन्न हुनेगरी सम्झौता अनुसार काम गरियो । तर थारु जातिको सांस्कृतिक पहिचान बोकेको उक्त पोखरीबाट सो संरचनाको थारु कल्याणकारी सभा–४ नम्वर वडा कार्यसमिति इटहरीले आपत्ति जनाएको छ ।

 

समितिले इटहरी वडा नम्वर ४ का वडा अध्यक्ष भक्त लामा तामाङ र इटहरी नगर प्रमुख हेमकर्ण पौडेलसमक्ष उक्त संरचना हटाउनु पर्ने माग सहितको ज्ञापन पत्र बुझाएको छ । उक्त पोखरीमा ब्रह्माको मूर्ति स्थापना गरेर थारुहरुको पहिचानमा धावा बोल्ने कार्य भएको उल्लेख गर्दै उक्त मूर्ति अविलम्ब हटाउन ज्ञापन पत्रमा माग गरिएको छ ।
साथै इटहरी उपमहानगरपालिका कार्यालयले थारु समुदायलाई नगरको पहिलो जातीको रुपमा घोषणा गरेको भए पनि थारुको भावना परम्पराप्रति अंकुश लगाएको समितिको आरोप छ ।

 

उक्त संरचना सम्बन्धमा आफू अनविज्ञ रहेको इटहरी–४ का वडा अध्यक्ष भक्त लामा तामाङ बताउँछन् ।
थारु महिला सभा केन्द्रिय सचिव शुशीला चौधरी भने स्थानीय सरकारले आफु चोखिन यस विषयमा थाहा छैन भनेको बताउँछिन् । साथै आउने जीतीयासम्म उक्त मूर्ति स्थानान्तरण गर्न स्थानीय सरकार अटेर भएमा आफुहरु चुप लागेर नबस्ने  चेतावनी दिएकाे छ ।उक्त निर्णय पूर्व सरकारले गरेको उल्लेख गर्दै इटहरी नगर प्रमुख हेमकर्ण पौडेलले उक्त मागपत्र कार्यपालिका बैठकमा प्रस्तुत गरिने विश्वास व्यक्त गरे । साथै उनले उक्त योजना सम्पन्न गर्दा लागेको खर्चको सम्बन्धमा पनि छानविन गर्न आन्तरिक तयारीमा रहेको जानकारी गराए ।
अघिल्लो इटहरी सरकारले उक्त परियोजना आफ्नो कार्यकाल सकिनै लाग्दा हतार हतारमा सम्झौता गरेर छोटो अवधीमै काम सम्पन्न गरेको छ भने पोखरीको सौन्दर्यकरणको नाममा बजेट खर्च गरे पनि पोखरीको सरसफाई भने गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *