ढेंड बर्ष अघि नै सडक कालोपत्रे गरी अरु सवै काम  छोडेको  मोरङको कानेपोखरी–रंगेली सडकको बाँकी रहेको काम बन्ने भएको छ ।थारु पाेर्टल

Spread the love
४।साउन।कानेपाेखरी
सडक ठेक्का पाएको ठेकेदार कम्पनीले ढेंड बर्ष अघि नै सडक कालोपत्रे गरी अरु सवै काम बाँकी छोडेको थियो । रंगेली नगरपालिका र कानेपोखरी गाउँपालिकाले ठेकेदार कम्पनीलाई भुक्तनीको सिफारिस पत्र नदिएपछि असार १ गते सडक सरोकारवाला टोलीले अनुगमन् भएको थियो ।
दुई पालिको पटक पटककाे आग्रहमा कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोला प्रसाद अधिकारी, रंगेली नगरपाकिलाका मेयर दिलिपकुमार अग्रवाल, हुलाकी सडक निर्देनालयका प्रमुख धर्मेन्द झा, हुलाकी सडक आयोजना कार्यालय इटहरीका योजना प्रमुख विजयी थापा, इन्जीनीयर दिपेन्द्र चौधरी, एक.एच,आर्डे,डि.सि. एल(टी.एल)तनोज वाजपोइ, लामा डाँफे दी कञ्चनजंघा कन्सट्रक्सनका ठेकेदार टेन्डी शेर्पा र वडाध्यक्षहरु रामचन्द्र मण्डल, ढकप्रसाद आचार्य र अवधेश मण्डल लगाएतले अनुमगन गरेका थिए ।
कानेपोखरी चोक देखी रंगेलीदेखी दक्षिण भारत जोड्ने सिमाना चाेपरा  सम्म २५.४० किलोमिटर सडकको अनुमगन गरेका थिए । अनुगमन् पनि बसेको बैठकले प्वाल परेको सडक र छेउमा भत्किएको सडक निर्माण गर्नुपर्ने, सवै निर्माण गरिएको ड्रेनमा ढकन लगाउनु पर्ने, बाँकी रहेको ड्रेन निर्माण गर्नु पर्ने, सडकको शाखा बाटोमा मापदण्ड अनुसार कालोपत्रे गर्नुपर्ने, रमाइलो चोकको इन्टरलक ब्लक इस्टीमेट अनुसार गर्नुपर्ने र चर्किएको सडक पुननिर्माण गरिनुपर्ने सहमती भएको छ । यी सवै कुरा गरिएमा मात्र रकम भुक्तानीको सिफारिस दिने दुई पालिकाले जनाएको छ । यी सडकका बाँकी रहेका कामहरु चाँडै थालीने हुलाकी सडक निर्देनालयका प्रमुख धर्मेन्द झाँले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *