४।साउन। कानेपाेखरी
मोरङको बेलबारी नगरपालिका १० भाउन्नेको जङ्गलमा सडेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार भाउन्नेको सिर्जना सामुदायिक वनभित्र हिजाे मङ्गलबार अन्दाजी ४५ वर्षीय महिलाको सडेको अवस्थामा शव फेला परेको छ ।शवकाे भने पहिचान खुल्न सकेकाे छैन । शव फेला परेसँगै प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।