ग्राम लक्ष्मी द्वारा कृषक हरुलाई कृषि ओैजार ।थारु पाेर्टल

Spread the love
साउन ६ शुक्रबार
रबिन्द्र बराल
ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाले कृषकहरुकालागि कृषि ओैजार  बितरण गरेको छ ।
हुलाकी मार्ग लक्षित दुग्ध उत्पादन प्रवर्द्धनको किसानहरूलाई लक्षित गर्दे च्यापकटर, मिल्क क्यान लगायत गाई, भैसी, गोठ निर्माणका लागि चेक हस्तान्तरण गर्नुका साथै कृषकहरुकालागि सामाजिक परिक्षण कार्यक्रम समेत गरेको थियो । संस्थाले रंगेली ७ मा रहेको आफ्नै भवनामा साे कार्यक्रमकाे आयोजना समेत गरेका थिए ।
कार्यक्रमकाे प्रमुख आतिथ्य उपमेयर भुमा पराजुली , महाशाखा प्रमुख, कृषि मंत्रालयका पशुपंक्षी विकासका डाक्टर दिपा दिवाली , विभिन्न वडाका वडा अध्यक्ष  स्थानीय ,कृषक, बुद्धिजीवी , समाजसेवी संस्थाका पदाघिकारी लगायतकाे उपस्थिति समेत रहेको थियोे । कृषि मन्त्रालय काे सहयोगमा ग्राम लक्ष्मीले कृषकहरुलाई कृषि पेशाका लागि च्याप कटर ६० जनालाई दुघ बाेक्ने क्यान १सय १० जना लाई र गाई १० जना कृषक हरुलाई विभिन्न प्रकारकाे कृषि सामग्री हरु बितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *