तेजन खड्का यतिबेला चर्चामा प्रेस युनियनको नवाैं राष्ट्रिय महाधिबेशनमा खुल्ला केन्द्रीय सदस्यका उम्मेदवार ।थारु पाेर्टल

Spread the love

७।साउन।

लोकतन्त्रबादी पत्रकारहरुको छाता संस्था नेपाल प्रेस युनियनको नवाैं राष्ट्रिय महाधिबेशनमा खुल्ला केन्द्रीय सदस्य पदका उम्मेदवार पत्रकार तेजन खड्का यतिबेला चर्चामा छन् ।

सधैं पर्दा पछाडि बसेर सामाजिक काम सँगै अक्षरकाे खेती गर्ने उनी गाेजीमा चिया खाने पैसा नहुँदा पनि विपन्नलाई उपचार खर्च जुटाउन समाचार लेख्छन् । ५० वढी बिरामीले खड्का कै समाचारका कारण नयाँ जीवन पाइसकेका छन् ।श्रममा विश्वास गर्ने तेजन भन्छन् – श्रमजीवीकाे पारिश्रमिककाे ग्यारेन्टी छैन् ।ठुला तारे हाेटलमा हुने पत्रकार सम्मेलन र तालिम,गाेष्ठीमा म जस्ता पत्रकार अटाउँदैनन ।अति विपन्न परिवारका क्यान्सर ,मिर्गौला ,स्पाइनल कड इन्जुरी र मुटु राेगीले सहयोग जुटाउन आयाेजना गरेका पत्रकार सम्मेलनमा ठुला र नाम चलेका मिडिया र तिनमा काम गर्ने पत्रकार आउँदैनन् ।

 

उनीहरूका पीडालाई समाचार नदेख्ने मुलधारकाे नेपाली पत्रकारितासँग तेजनकाे असन्तुष्टि छ ।उनी भन्छन् – मेरी आमाले थापेको विधुवा भत्ता मैले धेरै पटक मेराे पत्रकारिता बचाउन खर्चेकाे छु । एउटा पत्रकारले १५ हजार रुपैयाँ तिरेर मनाेनयन पत्र दर्ता गर्न सक्दैन भनेर उनले शुक्रबार आवाज उठाए । हेर्ने र सुन्ने मात्रै बाेल्ने र फिल्डमा गएर पत्रकारिता गर्नेहरूका पक्षमा काम गर्न आफुले उमेदवारी दिएको खड्का बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *