सामाजिक सुरक्षा भत्ताका लागि परिचयपत्र निर्माण र नविकरण ।थारु पाेर्टल

Spread the love

पथरी शनिश्चरे, ९ साउन


मोरङको पथरी शनिश्चरे ४ नम्बर वडा कार्यालयले वडाका ७ वटा टोलबाट सामाजिक सुरक्षा भत्ताका लागि परिचयपत्र निर्माण र नविकरणको काम अघि बढाएको छ ।

सप्ताह कार्यक्रमका रुपमा तय गरी वडाध्यक्ष लोकनाथ न्यौपाने (लोककिरण) को अगुवाईमा वडा सदस्य, वडा सचिव सहितको टोलीले प्रत्येक टोलमा १ दिनका दरले नयाँ परिचयपत्र निर्माण तथा पुरानोको नविकरण कार्य गरेको छ ।

सप्ताहको  चौथो दिनसम्ममा ३ सय ६० जनाको परिचयपत्र निर्माण तथा नविकरण भएको वडाध्यक्ष न्यौपानेले जनाउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *