भारतबाट लिकको परीक्षणका लागि विराटनगरमा रेल ।थारु पाेर्टल

Spread the love

१०।साउन। कानेपाेखरी

भारतबाट परीक्षणका लागि विराटनगरसम्म रेल आएको छ । भारतको बथनाहा–मोरङको कटहरीसम्म विस्तार गरिएको रेलमार्गको विराटनगर–१८ आईसीपीसम्म  रेल  परीक्षणका लागि आएको छ ।

 

बथनाहबाट विराटनगरको आइसिपीसम्म ७ किलोमिटर यात्रा गरेको थियो । रेलमा भारतीय रेल विभागका कर्मचारी सवार थिए । उद्योग संगठन मोरङले आयोजित छलफलमा सहभागी हुन भारतीय रेल्वे कटिहार डिभिजनका डिभिजल मेनेन्जर एस.के.चौधरीसहितकाे टाेली रेल चढेर आईसीपीको नेपाल कष्टम यार्डसम्म आएकाा हुन् ।

 

परियोजनाको निरिक्षण गर्दै उनी आएको बताइएको छ । Bajrang WOW २५०*२५०रेलवे विभाग नेपालका अनुसार निर्माण सम्पन्न भइसकेको लिकको परीक्षणका लागि रेलको इन्जिन आएको हाे । विराटनगरकाे आईसीपीसम्म रेल सञ्चालन गर्नका लागि उद्योगी–व्यवसायीले आग्रह गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *