श्रावण ।३०
रबिन्द्र बराल

नेपालका आदिवासी जनजातिजन्य संघ संस्थाहरुले ‘२८औं विश्व आदिवासी दिवसकाे उपल्क्षमा रंगेलीमा आदिवासी दिवश मनाएका छन । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नेपाल आदिवासी जनजाति महासंघकाे वडा समन्वय परिषदले रंगेली नगरपालिका १ स्थित बिर्ता वजारमा रहेको साझा भवनको प्राङ्गणमासाे कार्यक्रमकाे आयोजना गरेका थिए । कार्यक्रममा क्षेत्र नम्बर २ का सभासद लिला बल्लव घिमिरेकाे प्रमुख अतिथिमा उक्त कार्यक्रमकाे आयोजना गरिएको थियोे । कार्यक्रम प्रमुख अतिथिले ब्यानर पढेर कार्यक्रमकाे उद्घाटन गरेका थिए । साे कार्यक्रममा विभिन्न संस्थाले आफ्नो माैलिक परम्परा झल्काउने पहिचान सहित प्रदर्शन समेत गरेका थिए। नगरपालिका मेयर दिलिप बगडिया, उपमेयर भुमा पराजुली , विभिन्न बडाका बडा अध्यक्ष , आदिवासी रंगेलीका हाकिय बहादुर राई, दिपेन्द्र कुमार श्रेष्ठ , घनश्याम मंडल , नगर अध्यक्ष बद्री नारायण राजवंशी , धर्मेन्द्र कुमण मंडल, अनपूर्णा मंडल, लगायत काे उपस्थिति रहेको थियो ।