मिनिल्यान्डले मनायो कृष्ण अष्टमी ।थारु पाेर्टल

Spread the love
भदौ ३ शुक्रबार
रबिन्द्र बराल
भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा मिनिल्यान्ड बाेडिङ स्कुलले विभिन्न कार्यक्रमको आयोजना गरी श्रीकृष्ण जन्माष्टमी बिधालय प्राङ्गणमा मनाएकाे छ । रंगेली नगरपालिका ७ मा रहेको मिनिल्याण्ड ईङलिस बाेडिङ स्कुलले बिगत बर्ष झै यस बर्ष पनि कृष्ण अष्टिम भव्य रुपमा मनाएकाे हाे ।
विश्वभरिका हिन्दु धर्मावलम्बीले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन लाई बाेडिङ स्कुले परम्परा लाई निरन्तरता दिदै आईरहेकाे छ ।
बिधालयले नर्सरी देखि ३ कक्षा सम्मकाे बालबालिका हरुलाई विभिन्न पाेषाकमा कृष्ण , राधा र गाेपिनिहरु बनाएर कृष्ण उत्सव मनाएका छन ।
कुन चाडपर्वमा कस्तो मनाउने कसरी मनाउने हाे भन्ने बिषयमा समेत ब्यवहारिक ज्ञान हाेस भन्दै सबै जातजातिकाे पर्व हरु उतिकै महत्त्व समेत दिदै आईरहेकाे छ । बालबालिका हरुलाई थाहा हाेस भन्दै कृष्ण अष्टिम मनाएकाे बिधालयका प्रिन्सिपल बिकर्ण कार्कीले बताए । विभिन्न पहिरनमा अभिभावक हरुले समेत आफ्ना छाेरा छाेरी हरुलाई बिधालय प्राङ्गणमा पुर्याएका थिए । बिधालयका शिक्षक , शिक्षिका हरुले बालबालिका हरुलाई चाडपर्वकाे बारेमा बताउनु काे साथै विभिन्न भजन हरुमा बालबालिका हरु लाई मनाेरञ्न समेत गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *