पथरी शनिश्चरे, ५ भदौ।

मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयको प्रशासनिक भवन निर्माणका विषयमा आज सर्वदलीय छलफल भएको छ ।
नगरपालिका कार्यालयको आयोजनामा नगर प्रमुख मोहनप्रसाद तुम्बापोको अध्यक्षताको छलफलमा नगरपालिका केन्द्रको बिबाद्का कारण हालसम्म स्थगित रहेको भवनस्थल निर्धारण गरी चाडाे रूपमा भवन निर्माणको पहल थाल्ने निर्णय भएको छ ।
वडा नम्बर १० का सन्दर्भमा चलेको मुद्दा र विभिन्न ठाउँमा दाताले भवनका लागि जग्गा दान गर्ने वचन दिएको विषयमा पनि छ्लफल गरी उपयुक्त निकास निकाल्न पहल गरिने निर्णय भएको नगर प्रमुख तुम्बापोले जनाउनु भयो । छलफलमा शनिश्चरे गाउँ विकास समितिका पूर्व अध्यक्ष मोहनकुमार नेउपानेले पनि विषयबस्तुमाथि तर्क प्रस्तुत गर्दै राय प्रदान गर्नु भयो । नगरपालिकाका कानूनी सल्लाहकार दीपककुमार राईले कानूनी प्रावधानका बारेमा प्रष्टयाउनु भयो ।