वाल संसारमा पनि सुरु भयाे आई टि एफ टेक्वान्दाे ।थारु पाेर्टल

Spread the love
६।भदाै।कानेपाेखरी
कानेपाेखरी गाउँपालिका वडा नं २ दलेली वजारमा रहेकाे वाल संसार ईङ्गलिस स्कुलमा आजबाट
 ITF तेक्वान्दाे खेलकाे उद्वघाटन भएकाे छ ।पहिलाे दिनकाे उद्वघाटन खेलमा ४०जना खेलाडी  विद्यार्थी हरुकाे
सहभागिता रहेकाे थियाे। उक्त खेल कानेपाेखरीका प्रमुख प्रशिक्षक तथा माेरङ्ग जिल्ला अध्यक्ष युबराज भुजेल प्रशिक्षक इन्दिरा थापा समितिका सद्स्य साेम बहादुर धिमाल तथा विद्यालयकाे तर्फवाट संस्थापक विद्यानन्द चाैधरी निर्मल कुमार नेपाल देव मंडल राजेन्द्र भण्डारी लगायतकाे उपस्थिितमा खेल संचालन गरीएकाे हाे ।
खेलकाे उदेश्य भनेकाे स्वस्थ्य र अनुशासनमा वस्नु तथा कुनैपनि लतमा न फस्नु साथै आत्म रक्षाकाे लागी याे खेल सुरु गरेकाे हाे । यस भन्दा पहिले कानेपाेखरीका अन्य ठाउमा पनी खेल खेलाईरहेकाे जानकारी प्रमुख प्रशिक्षक भुजेलले दिनु भयाे । पहिलाे दिन भएकाेले ड्रेस विनानै खेल खेलाईएकाे छ। खेलमा मासिक २सय रुपया रहेकाे छ भने भर्ना तथा ड्रेसकाे भने १५सय लाग्ने छ भने गरीव तथा विपन्न वर्गका नानीहरुलाई निःशुल्क सहभागी गराउने समेत जानकारी दिएका छन ।
सुरुवादिमा ४०जना सहभागिता रहेकाे छ भने भाेलिदेखी अरु विद्यार्थी भाई वहिनीहरु थपिने जानकारी विद्यालयमा प्रिन्सिपल राजेन्द्र भण्डारीले बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *