६।भाद्र।कानेपाेखरी
कानेपाेखरी गाउँपालिका वडा नं २ दलेलीमा रहेकाे पराजुली एग्राेभेटले केराैन चाेकदेखी मुनीका किसानहरुलाई मात्र मल वितरण गर्ने भएका छन । केहीदिन अगाडी मलकाे विषयमा विवाद भएकाेले अव मल आउदा बिगतमा भएका कमि कमजाेरि लाई सच्याउदै पालिकाकाे निर्देषन तथा पालिका संग समन्वय गरेर मात्र मल विक्री बिक्री गर्ने कुराकाे जानकारी एग्राेभेटका प्राेपाईटर माेहन प्रसाद पराजुलीले बताउनुभयाे ।
उहाले भने पुगेजति सबैलाई समान रुपले भाग लगाएर बिक्रीवितरण गर्ने , जसमा नहर भन्दा दक्षिण तलका किसानहरूलाई मात्रै मल दिने ,मल लिन आँउदा नागरिकताकाे सट्टामा मतदाता परिचयपत्र ल्याउनु पर्ने कुरा समेत बताउनु भएको छ। किसानले पनि १ घरबाट १ जना मात्र मल लिन आउन समेत आग्रह गरेका छन । मल आएकाे बवर पाउदा समयकाे समेत ख्याल गरेर आउन भनेका छन काेही काेही राती ३ वजे आएर घर अगाडि हल्ल खल्ल गरेकाे गुनासाे समेत पराजुलीले गरेका छन ।
मंगलबार कृषि सामग्री बाट एग्राेभेटले १५ वाेरा डि ए पी १सय ५बाेरा युरिया र २०बाेरा पाेटास ल्याएकाे थियोे । गाउँपालिकाले मल बितरणका लागि व्यपारी हरुलाई मूल्य समेत निर्घारण गरेको छ । जुन वडामा मल ल्याईन्छ त्यहि वडा बासिन्दालाई मात्रै मल बितरण गर्ने निर्देशन दिएकाे छ ।