भदौ।७।कानेपोखरी

मोरङको कानेपोखरी गाउँपालिका वडा नं ६ रमाइलोमा रहेको अल सोलुसन एडुकेयर एन्ड मल्टी – टेक्निकल कलेजले अहिले विद्यार्थी अन्योलमा छन भन्ने सोचले भविष्य प्रति बेवास्ता गरेको महशुस भएकोले लाइफ स्किल एन्ड करियर काउन्सिलिङ कार्यक्रम जनसेवा माध्यमिक बिद्यालयको सभा हलमा सम्पन्न गरेको छ । उक्त कार्यक्रम भरत कडेलले सहजीकरण गरेका थिए।
कार्यक्रमकाे अध्यक्ष अल सोलुसन एडुकेयर एन्ड मल्टी – टेक्निकल कलेजका प्रमुख हाेम बहादुर मतेकाे अध्यक्षतामा संचालन भएकाे थियाेभने बिशेष अतिथी संजय परियार र अतिथिहरुमा मोहन कडेल, टीका सिंखडा, अनिल चौधरी, संजय महर, र सम्झना श्रेष्ठको उपस्थितिरहेकाे थियाे ।
कार्यक्रममा ५० जना विद्यार्थीको उपस्थिति रहेको थियो भने कार्यक्रममा सहजकर्ता कडेलले विद्यार्थीलाई शिक्षा र शिक्षाको महत्त्व, कुलतबाट कसरी बच्ने र बचाउने,जीवन संघर्ष र जिउने कला, ब्याक्तित्व बिकाश कसरी र किन गर्ने, भबिष्य निर्माण कहिले र किन गर्ने जस्ता बिषयमा अभिमुखिकरण दिएका थिए।
अल सोलुसन एडुकेयर एन्ड मल्टी-टेक्निकल कलेजका डाइरेक्टर मतेले कार्यक्रम संचालन गर्नुको कारण खुलाउदै यसरी बेलाबेला विद्यार्थीलाई काउन्सेलिङ गर्दा उनीहरुलाई पढ्न लेख्न वा अन्यन्त्रमन न जाओस भन्ने प्रमुख उदेश्य रहेकाे थियाे ।
साथै अल सोलुसन बाट कम्प्युटरमा CTEVT को समन्वयमा विभिन्न तालिम संचालन, अनलाइन सम्बन्धि सम्पुर्ण फाराम तथा सम्पुर्ण कार्य, राष्ट्रिय तथा अन्तरास्ट्रिय प्लेन टिकट टाइपिङ र प्रीन्टिङ सम्बन्धि सम्पुर्ण कार्य, विद्यार्थीले पढ्न चाहे अनुसारको बिषयको ट्युसन, कोचिङ क्लास, नेपाली, कोरियन, जापानीज भाषा पढाइने, जस्ता अन्य थुप्रै सेवा सुबिधा प्रदान गर्दै आइरहेको समेत जानकारी मतेले दिनुभयो ।