मोरङको कानेपोखरी गाउँपालिका वडा नं –६, रमाइलो चोकमा यही भदौ १२ गतेदेखी कानेपोखरी महोत्वस लाग्दै ।थारु पाेर्टल

Spread the love

भदाै।८।कानेपाेखरी

मोरङको कानेपोखरी गाउँपालिका वडा नं –६, रमाइलो चोकमा यही भदौ १२ गतेदेखी कानेपोखरी महोत्वस सुरु हुने भएको छ ।

आज रमाईलो चोकको मोक्ष कफि सपमा आयोजक टिमले पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवकाेबारेमा जानकारी गराएको  थियाे । जसमा  ‘शैक्षिक कृषि एवम् पर्यटन प्रवर्धनका लागि’ भन्ने नारा सहित रमाइलो युवा परिवार, कानेपोखरी व्यापार संघ,  रमाइलो जेसिज र लायन्स क्लब अफ कानेपोखरीको संयुक्त आयोजनामा महोत्वस  लगाउन लागेको रमाइलो युवा परिवारका अध्यक्ष नविन पौड्यालले पत्रकारहरुलाई बताए ।

महोत्सव १२ गते देखी सुरु भएर २७ गते सम्म लाग्ने भएपनि १ महिना सम्म लगाउने बैधानिता प्राप्त गरेको आयोजकले पत्रकार सम्मेलनमा बताएका छन् । महोत्सव प्रत्येक दिन साँझ ६ बजे सुरु भएर ९ः ३० बजे समापन हुनेछ ।

प्रत्येक दिन राष्ट्रिय कलाकारहरु, मेलिना राई, सुगम पोख्रेल, ज्योति मगर तथा स्थानीय कलाकारहरुले समेत मनोरञ्जन दिने छन् । स्विकृत खेलहरु बाहेका अरु कानुनले प्रनिबन्धीत खेलहरु नरहने आयोजक टिमका नविन पौ्यालले बताए । उनले तीजको दिन दिउँसो महिलाहरुको लागि विषेश कार्यक्रम रहेको बताए । सो कार्यक्रममा नायिका रेखा थापा आउने र त्यो दिन टिकट नलाग्ने बताएका छन् ।

महोत्सवमा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको दैनिक प्रस्तुति, बाल उद्यान, खाना महोत्सव, स्थानीय उत्पादन तथा कृषि प्रदर्शनी, विज्ञान प्रर्दशनी, फुड फेस्टिभल मुख्य आर्कषर्णको रूपमा रहने छन् । महोत्सव रमाइलो चोकको पूर्वपटि रहेको खाली जग्गामा लाग्न लागेको हो ।

स्टलहरु ध्माधम निर्माण भैरहेको र काम ७० प्रतिशत सम्पन्न भएको आयोजकले बताए । विज्ञान विषयलाई आधार बनाएर शैक्षिक प्रगती गरेका विद्यालयहरुको स्टल राखेर विद्यार्थीहरुबाट निर्मित बस्तु  दैनिक प्रर्दशनी हुने र यस प्रर्दशनीले कानेपोखरी क्षेत्रका अध्ययनरत विद्यार्थीहरुले अवलोकन गर्दा उनिहरुले पनि केही सिक्ने माध्यम हुने आयोजकले बताएका छन् ।

कानेपोखरी व्यापार संघको भवन निर्माणको लागि महोत्सव आयोजना गर्न लागेका हुन । रमाइलो चोकदेखी उत्तरमा व्यापार संघको लागि प्राप्ती भईसकेको जग्गामा डिपिआर सहितको भवन निर्माणको लागि महोत्सव आयोजना गरेको कानेपोखरी व्यापार संघका अध्यक्ष डिल्ली फुयलले बताए । जुन जग्गामा एउटै भवनमा रमाइलो युवा परिवार, कानेपोखरी व्यापार संघ, जेसिज रमाइलो र लायन्स क्लब अफ कानेपोखरीको संयुक्त भवन निर्माण गर्ने लक्ष सहित अघि बढेको छ ।

रमाइलो युवा परिवारका अध्यक्ष नविन पौड्य, कानेपोखरी व्यापार संघका अध्यक्ष डिल्ली फुयल, जेसिज रमाइलोका अध्यक्ष त्रिभुनाथ फुयल(सन्तोष) र लायन्स क्लब अफ कानेपोखरीका अध्यक्ष चरण गुरुङले संयुक्तरुपमा पत्रकार सम्मेलनको गर्दै आगामी योजना सुनाएका थिए । कार्यक्रम भने   एविन्द्र पाठकले संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *