किरात प्रदेश मान्ने उमेद्वारलाई मात्र भोट हाल्न यायोक्खाको निर्देशन, पथरीशनिश्चरे यायोक्खामा पुन प्रेम ।थारु पाेर्टल

Spread the love
१२।भदाै ।कानेपाेखरी
Open photo
किरात प्रदेश मान्ने उमेद्वारलाई मात्र भोट हाल्न यायोक्खाको निर्देशन, पथरीशनिश्चरे यायोक्खामा पुन प्रेम मोरङ । किरात राई यायोक्खा सम्बद्ध कार्यकर्ताहरुलाई मंसिर ४ गतेहुने निर्वाचनमा किरात प्रदेश मान्ने र लाग्ने उमेद्वारहरुलाई भोट दिन निर्देशन दिएको छ । यायोक्खा मोरङको पथरी शनिश्चरे नगर समितिको शनिबार भएको सातौ अधिवेशनलाई सम्बोधन गर्दै नेताहरुले निर्देशन दिएका हुन । कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका यायोक्खा केन्द्रीय सचिव अर्जुन जम्नेली राई, यायोक्खा मोरङ जिल्ला अध्यक्ष नरहाङ राई, जिल्ला सदस्य काशिहाङ राई लगायतले बोलेका थिए । पाँच बर्षमा प्रदेश १ मा बनेको तीन वडा सरकार र प्रदेश सभाले १ नं. प्रदेशको नाम राख्न नराख्नुको कारण र मंसिर ४ गतेको निर्वाचित भए प्रदेशको नाम किरात राख्न पहल गर्ने, नगर्ने सोधेर मात्र भोट दिनुपर्ने बक्ताहरुले बताएका छन् । मंसिर ४ गते हुने निर्वाचनमा पार्टीले ल्याउने घोषण पत्रमा पहिचान वा किरात प्रदेश छछैन र किरात प्रदेश उल्लेख भए प्रतिबद्धता बारे सोधेर मात्र भोट हालिने बक्ताहरुले बताए । किरात एउटा जाति नभएर भूगोल, इतिहास, सभ्यता भएकोले प्रदेशको नाम राखिए भत्र शान्ति र संमृद्धि संभवहुने बताए । पछिल्लो १९ बर्षदेखि (छैठौं) महाधिवेशनदेखि १ नं. प्रदेशको नाम किरात राख्न यायोक्खाले गाउँगाउँबाट अभियान र आन्दोलनहरु सञ्चालन गर्दै आएको छ । बक्ताहरुले नेपालमा २००७ सालको क्रान्ति नायक रामप्रसाद राईलाई राष्ट्रिय बिभूति घोषणा गर्न समेत माग गरेका छन् । कार्यक्रममा नगर सम्मेलन आयोजक समितिको संयोजक प्रेमकुमार राईले भावि कार्ययोजना, सचिव निर्मला राईले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रामबहादुर राईले आर्थिक प्रतिवेदन पेश गरेका थिए । यायोक्खाको भदौ १७–१८ गते मोरङ जिल्ला अधिवेशनमा पथरीमा र अशोज ८–१० गते काठमाडौंमा यायोक्खा ११ औं महाधिवेशन हुने यायोक्खा केन्द्रीय प्रभारप्रशार बिभाग प्रमुख अर्जुन जम्नेली राईले बताए । १) नगर समिति अध्यक्षमा पुनः प्रेम किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समितिको शनिबार भएको सातौ नगर अधिवेशनले पुःन प्रेमकुमार राईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्बसहमत चयन भएको छ । नव निर्वाचति अध्यक्ष प्रेम वाम्बुले राई गत कार्यकालमा पनि अध्यक्ष थिए । समितिको उपाध्यक्षमा प्रेम चाम्लिङ राई, रामबहादुर राई सचिवमा निर्मला राई, कोषाध्यक्षमा रुवाधन राई, सहकोषाध्यक्षमा उमेश राई सर्बसहमत चयन भएका छन् । सदस्यहरुमा दिपकुमार राई, कमल राई, देउमान राई, आशबहादुर राई, थिरकुमार राई, बिशाल राई, पञ्चबहादुर राई, सन्तप्रसाद राई, गजेन्द्र राई, मदन राई चयन भएका छन् । त्यसैगरी ध्यानबहादुर राई, कृष्ण राई, देबिमाया राई, गम्बा रुम्दाली राई र खड्गबहादुर राई सदस्यमा सर्बसहमत चयन भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *