भदौ १८।कानेपाेखरी

माेरङकाे धनपालथान गाउँ पालिकाबाट चाेरी गर्ने गिराेहलाई ईलाका प्रहरी कार्यलय रंगेली पक्राउ गरेको छ ।
सप्तरी हनुमान नगर कंकालिनी नगरपालिका ५ घर भएको हाल शैलजा आचार्य स्मृति पोलीटेक्निक कलेजमा कृषि तथा भेटनरी सम्वन्धी अध्ययन गर्दै डेरा गरी वस्ने वर्ष २२ को सतिश यादव, जहदा ४ हटोया वस्ने वर्ष १९ को मुकेश महतो र परिवर्तित नाम समेत लाई पक्राउ गरेको छ ।
धानपालथान ७ कदमाह घर भएका प्रमानन्द यादव को ८ प १०६६ नम्वरको मोटरसाईकल गत मंगलबार राति घरमा राखिएको अवस्थामा चाेरी भएको थियो । रंगेली प्रहरीको विशेष टाेली तथा स्थानीयहरुकाे सहयोगमा उनिहरु लाई पक्राउ गर्ने सफल भएको हाे । उनी हरु माथि चाेरी मुद्दा अन्तर्गत मुद्दा दर्ता गरिएको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक शैलेश न्याैपानेले बताए ।