माेरङ्गकाे कानेपाेखरीका थारुहरुकाे आज रैव पर्व ।थारु पाेर्टल

Spread the love

विद्यानन्द  चौधरी

भदाै,१९ ।कानेपाेखरी

थारुहरुले  “रैब पर्व” आज कानेपाेखरीमा रहेकाे थारुजातीहरुले मनाएकाे छ । रोपाइँ सकेपछी  असारे झरीमा गरेकाे जान अन्जान गल्तीलाई क्षमा माग्दै भाद्र महिनाको कृष्ण अष्टमी पछिकाे कुनै एक आइतवार याे पर्व मनाईनछ ।त्यस दिन नुन र तेल खानुहुदैन केवल  दही च्युरा काेला  गुलियो मात्र खाएर “रैब पर्व” मनाइन्छ । याेदिन विहानै घरआगन इनारकाे पानिले लिपपाेतगरेर सफा राख्न रनुहाई धुवाई गरेरअरुवा च्युरा काेलाकाे पातमा कुल देवतालाई चढाउने चलन समेत रहेकाे छ।

भाद्र महिनाको प्रत्येक आइतवार “रैब पर्व” मनाउने गरिन्छ । थारु भाषामा आइतवारलाई रैब दिन भन्ने गरेकाले आइतवार रैब पर्व मनाउने परम्परा रहेको छ । सबै टोलमा फरक फरक दिन गर्ने चलन रहेकोले भाद्र महिनाको कुनै एक आइतवार नुन र तेल नखाई विधिपुर्वक मनाउने गरिन्छ । यस बर्ष भदौ महिनाको चारवटा आइतवार (रैब) पर्व भएपनि कुनै एक आइतवार मनाए पर्व सफल हुने बिश्वास रहिआएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *