मोरङ जिल्लाकाे क्षेत्र न – २बाट नेकपा एमाले प्रतिनिधिसभा सदस्यमा ऋषिकेश पोखरेल ।थारुपाेर्टल

Spread the love

 १९, भदौ।कानेपाेखरी ।

 

मोरङ जिल्लाकाे क्षेत्र न – २ बाट नेकपा एमाले प्रतिनिधिसभा सदस्यमा ऋषिकेश पोखरेलको नाम चर्चामा  रहेकाेछ ।

एमाले क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले पार्टीका जिल्ला अध्यक्षसमेत रहनुभएका पोखरेलको नाम सर्वसम्मत रूपमा उमेदवारकाे  सिफारिस गरेको हो ।

पार्टीका क्षेत्रीय संयोजक गोपी चाँपागाईले पोखरेलको नाम प्रस्ताव गर्नुभएको थियो ।  र तै प्रस्ताव  बैठकले सर्वसम्मत रुपमा पारित गरिदिएकाे छ । चाँपागाईका अनुसार प्रतिनिधिसभा सदस्यमा समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस भएको छ । समानुपातिकमा गंगा डाँगी, नैनकला ओझा, लोकनारायण मिश्र, भुवनसिंह राई, वर्तलाल राजबंशी, धिरेन्द्रप्रसाद दास, मनिश राई, नारायणलाल दास र श्याम ताजपुरियाको नाम सिफारिस भएको हो ।

२०७० सालको चुनावमा नेपाली कांग्रेसका आमोद उपाध्यायलाई पराजित गर्दै पोखरेलले संविधानसभा सदस्य बन्नुभएको थियो । २०७४ को निर्वाचनमा भने पोखरेल नेपाली कांग्रेसका मिनेन्द्र रिजालसँग पराजित हुनुभएको थियो । पोखरेल मोरङ २ नम्बर क्षेत्रमा लोकप्रीय नेतामा रुपमा परिचित हुनुहुनछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *