यायोक्खा मोरङकाेअध्यक्षमा केदार सर्बसहमत , अधिवेशनको अवसरमा जनप्रतिनिधिसहित १६ जना सम्मानित  ।थारुपाेर्टल

Spread the love
१९।भदाै।कानेपाेखरी
Open photo
किरात राई यायोक्खा मोरङको सातौ जिल्ला अधिवेशनबाट अध्यक्षमा केदार राई सर्बसहमत चयन भएका छन् । समितिको उपाध्यक्षमा सीताकुमारी राई, सचिवमा काँसिहाङ राई, सहसचिवमा दिलिप राई, कोषाध्यक्षमा शुभद्रा राई सर्बसहमत चयन भएका छन् ।
सदस्यहरुमा सर्बलाल राई, सिर्जनशरण राई, सिताराम राई, मणिकुमार राई, ऋषि राई, देबिकला राई, सन्तबहादुर राई, उमेश राई, मोहन राई, असिम राई, मुस्कान राई, युवाराज राई, आशिस राई, रेनुका राई, रामकुमार राई, राताधन राई चयन भएका हुन् । कार्यक्रमको प्रमुख अतिथि रहेका पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले स्वार्थ पूर्तिको लागि जस्तो सुकै काम गरिनुले देशमा समास्या हुने गरेको बताए । संघीय राज्य व्यवस्था भएपनि अधिकार आफैसँग होस भन्ने विचारले कार्यान्वयनमा समस्या हुने गरेको तुम्बापोको भनाइ थियो ।
प्रदेशको नाम किरात राख्दा समस्या नहुने तर्क प्रस्तुत गर्दै प्रमुख तुम्बापोले हामी सबैको एकले अर्कालाई हेर्ने दृष्टिकोण फराकिलो र सकारात्मक हुनुपर्ने बताए । कार्यक्रममा यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राईले किरात प्रदेशको नामकरणको लागि गर्दै आएको आन्दोलन र यायोक्खाको कृयाशिलताबारे बताएका थिए । यायोक्खा केन्द्रीय सचिवसमेत रहेका प्रचार विभाग प्रमुख अर्जुन जम्नेली राईले मंसिर ४ गते हुने निर्वाचनको उमेद्वारहरुलाई प्रदेशको नाम हालसम्म राख्न नसक्नुको करण र प्रदेश १ को नाम किरात राख्न सहमत हुने कि नहुने भनेर सोधेर मात्र भोट दिनुपर्ने बताए ।
निवर्तमान उपाध्यक्ष प्रेमबहादुर राईले स्वागत गरेको कार्यक्रममा मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबिकुमार राई लगायतले शुभकामना मन्तब्य राखेका थिए । अधिवेशनको बन्दसत्रमा यायोक्खा मोरङको निवर्तमान अध्यक्ष तथा आयोजक समितिको संयोजक नराहाङ राईद्वारा प्रस्तुत प्रगति प्रतिबेदन, कोषाध्यक्ष रत्न राईद्वारा प्रस्तुत भएको आर्थिक प्रतिबेधन पास भएको थियो । यायोक्खा केन्द्रीय पदाधिकारीसहित १६ जनलाई सम्मान किरात राई यायोक्खा मोरङको सातौ जिल्ला अधिवेशनको अवसरमा यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राई, सचिव तथा प्रचार बिभाग प्रमुख अर्जुन जम्नेली राई, केन्द्रीय सदस्यसमेत रहेका मोरङ जिल्ला इन्चार्ज नवीन राई, बेलबारी नगर प्रमुख दिलप्रसाद राई, मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबिकुमार राईलाई प्रमुख अतिथि पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोको हातबाट सम्मान पत्रले सम्मान गरिएको थियो ।
त्यसैगरी पथरीशनिश्चरे नगरपालिका १ नं. वडा अध्यक्ष भीमकुमार राई, २ का नैना राई, ९ नं. वडा अध्यक्ष वीरबहादुर राई, मिक्लाजुङ गाउँपालिका १ का पर्बत राई, ४ का बिशाल राई, बेलबारी ६ का टेकबहादुर राई, उर्लाबारी ४ का कल्याणकुमार राई, केराबारी ९ गोपाल राई, लेटाङ ३ का डम्बरबहादुर राई, सुनबर्षी नपा १ का वीरबहादुर राई, सुन्दरहरैचा १० राजकुमार राईलाई सम्मान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *