२०। भदाै।कानेपोखरी।

माेरङ्गकाे कानेपाेखरी गाउँपालिका वडा नं २ दलेलीमा रहेकाे शिक्षा विकास माध्यमिक विद्यालयको कम्प्युटर चोरेको आरोपमा स्थानियकाे सहयाेगबाट प्रहरीले दुई जनालाई पक्राउ गरेकोे छ।
पक्राउ पर्नेमा कानेपोखरी २ का २० वर्षीय अजय सरदार र कानेपोखरी ३ का २८ वर्षीय प्रदिप चौधरी रहेका छन।
पक्राउ परेका अजय सरदारकाे घरबाट ३ सेट कम्प्युटर, त्यसमा प्रयोग हुने तारहरु, साउण्ड सेट,विद्यालयमा दिवा खाजाकाे लागी राखेकाे तरकारी च्युराखाजा तयार गर्ने क्यान्टिनको कुकर, भाडाहरु, डाडु पुन्युको साथै पुराना २ वटा ट्युबेलकाे हेड पाईप लगायतका सामान बरामद गरेको प्रहरीले जनाएको ।
आज साेमबार चाेरी भएकाे सामान सरदार काेघरबाट भेटिए पछि सोधखोजको क्रममा सरदार र चौधरी घट्नामा संलग्न देखिएपछि आज बिहान उनीहरुलाई पक्राउ गरिएको हो।पक्राउ परेका दुबैजनालाई अनुसन्धान सुरु गरिएको पथरी प्रहरी प्रमुख डीएसपी बेदप्रसाद गौतमले बताए।