पथरीशनिश्चरे,भदौ -२०

पथरीशनिश्चरे नगरपालिकाको वडा नं -१ मा रहेको जांते मोडस्थित पूर्व-पश्चिम राजमार्गको छेवैको ढल सम्वन्धि समस्या समाधान भएको छ। वडा नं -१ को वडा कार्यालयले जेसिभी र वारूण यन्त्रको प्रयोग गरि ढल निर्माण गरिएपछि बर्षातको पानीलाई पथरी खोलामा निकास दिइएको हो। वर्षायाममा परेको अविरल झरी र पानी जमेर पथरी बजार नै दुर्गन्धित हुने गरेको र ढलबाट फोहोर मैला सहितको पानी ढलमार्फत निकास नहुदाँ बजार र महेन्द्र राजमार्ग अन्तर्गतको सडक खण्डमा पानी जम्ने गरेको थियो ।
पुनः ढल निर्माण गरिएपछि बर्षातको फोहोर पानी पथरी खोलामा निकास दिइएको वडाध्यक्ष भीमकुमार राई जानकारी दिनुभयो। वडाध्यक्ष राईको अगुवाइमा भएको उक्त ढल व्यवस्थापन कार्यमा वडा सदस्यद्वय पुर्णबहादुर कार्की र सुरेशकुमार कार्की , समाजसेवी विजय डाँगी, लक्ष्मी थापा, शैक्षिक अभियान्ता प्रदीपकुमार राई लगायतको उपस्थिति रहेको थियो।