सोल्टी राजाको टुम्लेटमा पानी खुवाउन आउदै छु कानेपाेखरी महाेत्सवमा ।थारु पाेर्टल

Spread the love

भदौ, २०,कानेपोखरी, ।

मोरङकाे  कानेपोखरी गाउँपालिका  ६ रमाइलोमा  ‘कानेपोखरी महोत्सव’ चलिरहेकाे छ र  आज सोमबार चर्चित लोक तथा दोहोरी गायिका प्रिती आले आउँदै छिन ।
सोल्टी राजाको टुम्लेटमा पानी, कुखुराको भाले, जस्ता थुप्रै चर्चित गितबाट चर्चाको शिखर चुमेकी गायिका आलेले कानेपोखरीका दर्शकहरुलाई आफ्नो संगित मार्फत मनोरञ्जन दिन आउँने जानकारी एविन पाठकले  दिएका छन  ।

आज महोत्सवमा रु १ सय रुपैयाँ तिर्नुपर्ने व्यवस्थापनकिय जिम्मेवारी सम्हालेको कम्पनी सयपत्री इन्टरटेनमेन्ट प्रालीका सञ्चालक पर्वत लामाले जानकारी दिए ।

महोत्सव साझँ ६ बजेदेखि १० बजेसम्म सञ्चालन हुने आयोजकले सुनाए । गएको शनिबार गायक शिव परियारको प्रस्तुती रहँदा  हजाराैकाे   सङ्ख्यामा दर्शकको उपस्थिती रहेको थियाे ।

‘शैक्षिक, कृषि एवं पर्यटन प्रवर्द्धनका लागि’ भन्ने मुल नाराका साथ भदौ १२ देखि सुरु भएको महोत्सव २७ गतेसम्म चल्नेछ । रमाइलो युवा परिवार, कानेपोखरी व्यापार संघ, जेसिज रमाइलो र लायन्स क्लब अफ रमाइलोले संयुक्त भवन निर्माणका लागि महोत्सवको आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *