ज्योति मगर ‘कानेपोखरी महोत्सव’ मा आउदै आज ।थारु पाेर्टल

Spread the love

 भदौ ।२२ ।कानेपोखरी,

मोरङकाे  कानेपोखरी- ६, रमाइलोमा जारी ‘कानेपोखरी महोत्सव’ मा आज बुधवार चर्चित लोकदोहोरी गायिका एवं मोडल ज्योति मगर उपस्थित हुने भएकी छिन ।

 ‘पिसाब लाग्यो’, ‘साँढे गोरु’, ‘जिम्मल बाऊकी छोरी’, ‘ढाडे बिरालो’,  ‘पिरतीमा दम छ’,लगायतका हिट गितहरु गाइसकेकी गायिका मगरको बेजोड प्रस्तुति रहने आयोजकले बताएको छ । मगरसँगै स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जानकारी दिए ।

आज महोत्सव हेर्न आउँने दर्शकले प्रतिव्यक्ति १ सय रुपैयाँ तिर्नुपर्ने व्यवस्थापनकिय जिम्मेवारी सम्हालेको कम्पनी सयपत्री इन्टरटेनमेन्ट प्रालीका सञ्चालक पर्वत लामाले बताए ।
गएको सोमबार गायिका प्रिती आलेको प्रस्तुती रहँदा १५ सय बढिको सङ्ख्यामा दर्शकको उपस्थिती रहेको र आज पनि दर्शकको उल्लेख्य साथ रहने आयोजकले बताए । महोत्सव साझँ ६ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ ।

‘शैक्षिक, कृषि एवं पर्यटन प्रवर्द्धनका लागि’ भन्ने मुल नाराका साथ भदौ १२ देखि सुरु भएको महोत्सव २७ गतेसम्म चल्नेछ । रमाइलो युवा परिवार, कानेपोखरी व्यापार संघ, जेसिज रमाइलो र लायन्स क्लब अफ रमाइलोले संयुक्त भवन निर्माणका लागि महोत्सवको आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *