जनप्रतिनिधि लाई भु- बर्गीकरण अभिमुखीण तालिम ।थारु पाेर्टल

Spread the love
भदौ २३ बिहीबार
रबिन्द्र बराल
माेरङकाे रंगेली नगरपालिका ७ स्थित रंगेली अस्पतालकाे सभाहलमा भू वर्गीकरण तथा भू -उपयोग याेजना निर्माण सम्बन्धि एक दिने अभिमुखीकरण गाेष्ठी सम्पन्न भएको छ । कार्यक्रममा सम्पूर्ण स्थानीय तहहरुमा हस्तान्तरण गरिएका भू-उपयोग सम्बन्धी विवरणका बारेमा जानकारी गराएका थिए ।
वर्तमान भू-उपयोग नक्सा , भूमि प्रणाली नक्सा, माटो नक्सा, भू-क्षमता नक्सा, जोखिम नक्सा, भू उपयोग क्षेत्र वर्गीकरण नक्सा, भू-उपयोग वर्गीकरण , का बारेमा सहभागी हरु लाई जानकारी गराएका थिए । जिल्लाका स्थानीय तहहरुलाई भू-उपयोग सम्बन्धी प्राविधिक सहयोग प्रदान गरिने र सम्पूर्ण स्थानीय तहहरुमा हस्तान्तरण गरिएका भू-उपयोग सम्बन्धी विवरण का बारेमा समेत जानकारी गराएका थिए ।
भू बर्गीकरण मा ऐन २०७६ दफा ६(८) अनुसार भूउपयोग योजना तयार गर्दा देहायका क्षेत्र देखिने गरी तयार गर्नु पर्नेछ कुरा हरु समेत जानकारी गराएका थिए । औद्योगिक करिडोर, विशेष आर्थिक क्षेत्र,राष्ट्रिय परियोजना, अन्तरप्रदेश फैलिएका परियोजना, संरक्षण योग्य राष्ट्रिय महत्वका प्राकृतिक तथा भौतिक सम्पदाहरू, अन्तर्राष्ट्रिय पहिचान र मानवीय आस्था बोकेका धार्मिक, सांस्कृतिक महत्त्वका स्थानहरु, विद्यालय वा अन्य शैक्षिक क्षेत्र, सड़क, स्वास्थ्य संस्था, सिंचाई कुलो वा नहर रहेको क्षेत्र, राष्ट्रिय सुरक्षाको दृष्टिले संवेदनशील स्थान, विपद क्षेत्र, वातावरणीय स्वच्छता तथा जैविक विविधता संरक्षणको लागि सुरक्षित क्षेत्र काे समेत पहिचार गरेर मात्रै अगाडि बड्नु पर्ने कुरामा जाेड दिएकाे छ ।
कार्यलय प्रमुख दिलिप बगडिया, उपमेयर भुमा पराजुली , प्रशासकिय अधिकृत ओमकर न्यैपाने ,नापी कार्यलय रंगेली का प्रमुख आनन्द देव , मालपोत कार्यलय रंगेली का सुनिल पाैडेल , बडा अध्यक्ष हरु काे समेत सहभागीता रहेको थियो । कार्यक्रम काे सहज कर्ता विकास कुमार कर्ण, गाेविन्द घिमिरे ले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *