पथरी बहुमुखी क्याम्पस प्रमुखमा तिम्सिना सहायकमा धिमाल नियुक्ति ।थारु पाेर्टल

Spread the love
२५।भदाै। पथरी
भूमिप्रसाद पाठक
मोरङ पथरी शनिश्चरे–१ स्थित पथरी बहुमुखी क्याम्पसमा, क्याम्पस प्रमुखमा शान्तिराम तिम्सिना र सहायक प्रमुखमा क्रषिराज धिमाल नियुक्ति भएका हुन् ।
हिजो बसेको सञ्चालक समितिको बैठकले लागू हुने गरी नियुक्ति गरेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामकुमार बस्नेतले जानकारी दिए । लामोसमयदेखि सामाजिक सञ्जालमा राजीनामा दिएर बसेका चेतनाथ पौडेलले क्याम्पस प्रमुखमा बसेर कार्य सम्पादन गरेका थिए । सामुदायिक यस क्याम्पसको स्त्तर–उन्नति खस्केको बेला क्याम्पसमा नयाँ क्याम्पस प्रमुख र सहायकप्रमुखमा नियुक्ति हुनुले अर्थपूर्ण ढंगले हेरिएको छ ।
लामो समयसम्म उपप्राध्यापकका रुपमा कार्य गरिसकेका तिम्सिना र धिमाल पूर्णकालिन प्राध्यापक हुन् । कोरोनाकालमा पटक–पटक बैठक बसेर निर्णय गरेपनि कोरोनाका कारण क्याम्पस प्रमुख र सहायक प्रमुख नियुक्ति हुन सकिरहेको थिएन । क्याम्पसले गतसाल क्याम्पस परिषद्को निर्वाचनले रामकुमार बस्नेतलाई अध्यक्ष निर्वाचित गरेपछि उहाँको कार्यकालमा यो निर्णयले गति लिएको हो । यस सामुदायिक क्याम्पसमा २५ जना प्राध्यापक र कर्मचारी छन् र ७ सय ७३ जना विद्यार्थीहरु अध्ययनरत छन् ।
यस सामुदायिक क्याम्पसमा शिक्षा सङ्काय अन्तर्गत स्नातक तहमा नेपाली, अङग्रेजी र जनसङ्ख्या बिषयहरुमा अध्यापन हुने गरेको निवर्तमान क्याम्पस प्रमुख चेतनाथ पौडेलले बताए । त्यसैगरी व्यास्थापन सङ्कायमा स्नातक र स्नताकोत्तर शिक्षा सङ्कायमा नेपालीमा स्नताकोक्तर कार्यक्रमहरु अध्यापन हुँदै आएको जानकारी पौडेल बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *