सन्थाल समुदायले मनाए छाता पर्व ।थारु पाेर्टल

Spread the love
भदौ २६ आईतवार
रबिन्द्र बराल
माेरङकाे रंगेली नगरपालिका ४ स्थित जनाता माध्यमिक बिधालयकाे प्राङ्गणमा बर्षाे देखि परम्परा लाई निरन्तरता दिदै सन्थाल समुदाय ले यस बर्षपनि छाता पर्व पनाएका छन ।
बासकाे लिङ्ग लाई छाता काे स्वरुप बनाएर बिधिवत रुपमा विशेष पुजापाठ गर्दे ऐतिहासिक, धार्मिक सांस्कृतिक तथा पारम्परालाई जाेगाउने उद्देश्य का साथ छाता पूजा गर्दे पर्व मनाएका हुन । छाता पर्वमा माेरङका सन्थाल समुदायले आफ्नो माैलिक परम्परा काे भषेभुष्षा सहित नृत्य गरेर मेला भर्ने आउने हरु लाई मनाेरन्ञ्न समेत गराएका थिए । कार्यक्रमकाे प्रमुख अतिथि प्रदेश नं. १ का स्वास्थ्य मन्त्रि जय राम यादव , मेला संयोजक परमेश्वर मुर्मु , विशिष्ट अथिति शारदा प्रसाद किस्कु , लखिराम मुर्मु , लगायत काे उपस्थिति समेत रहेको थियो । छाता मेलामा रंगेली , सुनवर्सि, रतुवामाई, धनपालथान लगायत काे सन्थाल समुदयका ब्यक्ति हरु काे बाक्लाे उपस्थिति समेत रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *