२९ गते, कानेपोखरी ।

मोरङ कानेपोखरी गाउपालिकाले १सय दिने कार्य प्रगती सार्वजनिक गरेको छ । मंगलबार गाउँपालिकाको दोश्रो कार्यकालको जनप्रतिनिधिको पहिलो १सय दिनमा गरेको कामहरु सार्वजनिक गरिको हो । बाह्रौं गाउँ सभा र आठौ कार्यपालिका बैठकबाट ९९ सय वटा नीति तथा कार्यक्रम निर्माण गरिसकेका छन् ।
गाउँपालिकाको प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष सुशिल बुढाथोकीले सय दिन भित्र गरेका कामहरु बुँदागतरुपमा प्रस्तुत गरेका थिए । सामाजिक विकास शिक्षा तर्फ कानेपोखरी गाउपालिकाको छात्रवृत्ति सम्बन्धी ऐन,२०७९को तर्जुमा, निशुल्क शिक्षा, पालिकाको इच्छा, प्राबिधिक बिधामा रोजगारी, कानेपोखरीका छोरा छोरी, सासुको इच्छाः बुहारीलाई शिक्षा लगायत कार्यक्रम काम भईरहेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । यस्तै सामाजिक बिकास स्वास्थ तर्फ उपचार सहयोग पारदर्शी र ब्यवस्थित बनाउन गाउँपालिकाको नागरिक उपचार सहायता कोष परिचालन ऐन,२०७९, गाउँपालिकाको स्वास्थ बिमा कार्यक्रम सन्चालन कार्यबिधी,२०७९ लाई तर्जुमा गरि कार्यन्वयनमा लयाइएको छ । यस्तै स्वास्थ आमा, स्वास्थ्य बच्चा अभियान र उधमसंगै जनजिबिका, प्याड उत्पादनमा स्वयंमसेबिका भन्ने कार्यक्रम संचालनमा रहेका छ्न ।
१सय दिनमा नागरिक उपचार सहायता कार्यक्रमबाट २सय३ जनाले १३ लाख ४४ हजार रकम वितरण गरेका छन् । सामुदायिक बिधालयको बाल कक्षा र बाल बिकास केन्द्रका १५ सय परिवारको निशुल्क स्वास्थ बिमा गर्नका लागि वडा वडामा सार्वजनिक सूचना निकालि काम सुरुभैसकेको छ । यस्तै १५ शैयाको कानेपोखरी अस्पताल दोश्रो तला ढलान अन्तिम चरणमा पुगेको छ । आर्थिक बिकास तर्फ पशु बिकासमा सुत्केरी गाई भैंसी पालक कृषकलाई प्रोत्साहन स्वरुप १ हजार रुपैया उपलब्ध गराउने,“आफ्नै वारि,अर्गानिक पोखरी“ कार्यक्रम र पशु सेवा उपलब्ध गराउन जनशक्ति खटाउने प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक बिकास कृषि बिकास तर्फ निशुल्क माटो परिक्षण कार्यक्रम साना किसान कृषि सहकारीको साझेदारीमा ४ नम्बरमा कोल्ड रुम निर्माण सम्पन्न गरिएको छ । पुर्वाधार विकासतर्फ मुख्य मुख्य सडक मर्मत सम्भारका लागि २७ सय घनमिटर मिक्स गिट्टी र ६७ वटा ह्युमपाइप जडान गरिएको छ । यस्तै रमाइलो बजार देखि कानेपोखरी अस्पताल सम्म जाने कालो पत्रे सडक मर्मतका लागि टेण्डर अगाडि बढाईएको र विभिन्न ठाँउमा बिधुतिय ट्रासफर्मर तथा बिधुत पोलको ब्यब्स्था गरेको र संस्थागत बिकास तर्फ पालिकाको सेवा प्रवाहमा सरलिकृत गर्ने उदेश्यले एकीकृत सफ्टवेयर निर्माण भै रहेको बताए ।
प्राकृति ब्यबस्थापन तर्फ प्राकृतिक प्रकोपबाट क्षति पुगेका ८ जनलाई ९१ हजार रुपैया राहत प्रदान गरिएको छ भने चिसाङ र डाँस खोलामा गरि १६ स्थानमा बासपाईलिङ तथा लन्चिङका आयोजना सन्चालनम रहेका छ्न । सामाजिक सुरक्षा तथा लोक कल्याण अन्तरगत बिपन्न परिवारका सदस्यको मृत्यु संस्कारमा पाँच हजार रुपैया सहयोग र मृत्यु दर्ता निःशुल्क गर्ने ब्यवस्था गरिएको छ । यस्तै जनता आवास अन्तर्गतका आवासबिहिन २ नम्बर वडाका बखारु राजवंशी, चेत बहादुर बिष्ट, पलान ऋषिदेव, पान्डु ऋषिदेव ५ को कोपिला सार्की र डम्बर बहादुर माझीलाई तत्काल आवासको ब्यवस्था मिलाईएको छ ।
भुमिहिन दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासिका लागि जग्गा ब्यब्स्थापन कार्यक्रम अन्तर्गत ६२ जना भुमिहिन दलित र १सय२ जना अव्यवस्थित बसोबासिलाई जग्गाको लालपुर्जा वितरण हुनेभएको छ । कार्यक्रममा पालिका अध्यक्ष राजमती इङ्नामले प्रगती कार्य बारे थप्दै बिजुलिको पोल गाडने र ट्रासफर्मर लाउने विषयमा पटक पटकको अनुरोध पछि सफल भएको बताइन् । यस्तै राष्ट्रिय परिचय पत्र पनि वडा वडामा संकलन वितरण भैरहेको बताइन् । कार्यक्रममा गाउँपालिकाकी अध्यक्ष राजमती इङ्नाम र प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले प्रश्नको जवाफ फर्काएका थिए । कार्यक्रममा उपाध्यक्ष भोला अधिकारी र वडाध्यक्ष चरण गुरुङ सुचना अधिकृत गाेविन्द फुयल यादव निराैला लगाएतकाे उपस्थित रहेका थिए ।