मोरङकाे कानेपोखरी गाउँपालिकामा भूमिहीन सुकुम्बासी र भूमिहीन दलितलाई धनीपूर्जा वितरण सुरु ।थारु पाेर्टल

Spread the love

भदौ। ३०।कानेपोखरी,

 मोरङकाे कानेपोखरी गाउँपालिकामा बुधबार  गाउँपालिकाले आयोजना गरेकाे  एक औपचारिक कार्यक्रमबाट धनीपूर्जा वितरण सुरु भएको छ ।

सुरुवादिमा कानेपोखरी वडा नं -६ मा बसोबास गर्दै आएका ६२ जना भूमिहीन दलित र  सुकुम्बासीलाई जग्गा धनी  प्रमाण पूर्जा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले आफ्नाे हातबाट  २७ भूमिहीन सुकुम्बासी र ९ दलित सुकुम्बासी गरि ३६ जनालाई नि:शुल्क वितरण गरिएको हो ।जसमा पालिका अध्यक्ष राजमती इङ्नामकाे अध्यक्षतामा कार्यक्रम संचालन भएकाे थियाे र भुमी आयोगको अध्यक्ष केशव निरौला, उपाध्यक्ष नहेन्द्र खडका, पालिका उपाध्यक्ष भोलाप्रसाद अधिकारी, जिल्ला अध्यक्ष शुसिला घिमिरे लगायतकाे बाक्लाे उपस्थिती रहेकाे थियाे ।

कुनै पनि जग्गा नभएको भूमिहीन सुकुम्बासी र भूमिहीन दलितलाई १ कट्ठा देखी ५ कटठा सम्म जग्गा धनीपूर्जाको प्रमाणपत्र नि:शुल्क प्राप्त गर्ने व्यवस्था नेपाल सरकारले गरेको छ ।

जिल्ला भूमी आयोगको कार्यालय विराटनगरसँग समन्वय गरि वितरण गरिने पालिका अध्यक्ष राजमती इङ्नामले बताइन् । उनले भनिन्, ‘हाल कानेपोखरी ६ को ब्लक `क´ मा नापी कार्य सकिएको र अहिले पालिकाको अन्य वडामा यान्त्रिक बिन्दु स्थापना कार्य जारी रहेको साथै अन्य ब्लकका सुकुम्बासी लगायत पालिका भित्रका सम्पूर्ण सुकुम्बासी र अवस्थित बसोबासीहरुलाई चाडैं धनीपुर्जा वितरण कार्य गरिनेछ’ ।

२०७८ चैत्र २६ गतेबाट सुरु गरिएको नापी कार्य बैशाख ११ सम्म सञ्चालन भएको थियो र बिचमा आन्तरिक कारणले रोकिए पनि २०७९ जेठमा पुनः सुरु भएको थियो । जग्गा नापी कार्य सुरु भएदेखि हालसम्म पालिकाको अनुमानित ५० लाख रुपैयाँ खर्च भएको वडा अध्यक्ष खडग बस्नेतले बताए ।

कार्यक्रमको प्रमुख अतिथि भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले शुभकामना राख्ने क्रममा अब छिटै ३०० पालिकामा ५ लाख पुर्जा बाड्ँने योजना रहेको बताइन । उनले भनिन्, ‘निर्वाचन आयो अब सुकुम्बासीलाई धनिपूर्जा बाड्नुपर्छ भनेर विभिन्न बहानामा जनतालाई ठग्ने कार्य बन्द गरिनुपर्छ । नागरिकहरुको स्वत प्राप्त गर्ने नैसर्गिक मानव अधिकारलाई खोसिनु हुँदैन’ । दुई वर्षभित्र सुकुम्बासी समस्यालाई निर्मुल पार्न हामी अघि बढेका छौँ, उनले भनिन’ । गरिब सुकुम्बासीले जग्गा प्राप्त गर्दा कुनै पनि रकम तिर्नु नपर्ने र अवस्थित बसोवास गर्नेहरुले पनि न्यूनतम राजश्व रकम तिरे पुग्ने व्यवस्था कार्यान्वयन गर्ने प्रक्रियामा रहेका छौँ, श्रेष्ठले सुनाइन् ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरु राष्ट्रिय भूमी आयोग केन्द्रिय अध्यक्ष केशव निरौला, केन्द्रिय उपाध्यक्ष नहेन्द्र खडका, जिल्ला अध्यक्ष शुसिला घिमिरे, पालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोलाप्रसाद अधिकारी, पालिका पुर्व अध्यक्ष ताराबहादुर काफ्ले लगायतले सुकुम्बासी र अवस्थित बसोवासीहरुको समस्याको समाधान कार्य सुरु भइसकेको र अब चाडैं समस्याको पुर्ण समाधान होस् भन्ने शुभकामना व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *