पथरीशनिश्चरे, भदौ -३०
भूमिप्रसाद पाठक

पथरीशनिश्चरे नगरस्थित नेपाल लाईभ स्टेक सेन्टर इनोभेशन आयोजना तथा श्री पथरी कृषि सहकारी संस्था लिमिटेडले पथरी नगरभित्र व्यवसायिक बाख्रापालनका लागि दोस्रो सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ।
आज विहीबार पथरीशनिश्चरे वडा नं १ स्थित शान्ति किर्तन मण्डलीको सभाहलमा दोस्रो तथा अन्तिम सार्वजनिक सुनुवाई कार्यक्रम संचालन भएको हो। पथरीशनिश्चरे नगर क्षेत्रमा ४० घरपरिवार छनौट गरेर व्यवसायिक बाख्रा पालनका लागि विश्व बैंकले नेपाल सरकारको कृषि तथा पशु पन्क्षी विकास मन्त्रालय अन्तर्गत विकेन्द्रिकृत आयोजना ईकाइ विराटनगरबाट ९४ लाख ९७ हजार ३ सय ५० रूपैयाँ अनुदान प्राप्त भएको हो भने पथरी कृषि सहकारी संस्था लिमिटेडको तर्फवाट ९४ लाख ९७ हजार ३ सय ९७ रूपैयाँ गरी कूल १ करोड ८९ लाख ९४ हजार ७ सय रुपैयाँ बराबरको बजेट विनियोजन दुवै संस्थाबाट सहलगानी गरिएको छ।
पथरीशनिश्चरे नगरमा विगत २ वर्षदेखि नगरपालिकाको पशुपन्छी शाखाबाट यो आयोजनाको सुपरिवेक्षण गरिरहेको संस्थाका सचिव टिकाराम दहालले बताउनुभयो। पथरी कृषि सहकारी संस्थाका अध्यक्ष हरिराज प्याकुरेलको कार्यक्रम संयोजनमा भएको उक्त सम्पन्न सुनुवाई कार्यक्रममा प्रमुख अतिथि नगरकी उपप्रमुख देवीमाया काफ्ले, वडा नं -२ का वडाध्यक्ष नैनासिंह राई,वडा नं- ३ का वडाध्यक्ष विजय लिम्बू , ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी वेदप्रसाद गौतम समेत उपस्थित रहनुभएको थियो।
साेही सुनुवाई कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएकी नगरकी उपमेयर देवीमाया काफ्लेले पथरी श्री कृर्षि सहकारी संस्था लिमिटेडले गरेको कार्यक्रम कृर्षि क्षेत्रमा विकासको लागि आवश्यक र सह्रानीय रहेको बताउनु भयो। यसैगरी, वडा नं -३ को वडाध्यक्ष विजय लिम्बूले पथरीशनिश्चरे नगरको कृर्षि बजेट भन्दा बढि देखिने गरी अनुदान प्राप्त गरेकोमा प्रशंसा गर्नुभयो। सोही क्रममा वडा नं २ का वडाध्यक्ष नैनासिंह राईले यो कार्यक्रमले नगरका सबैजसो कृषकहरु आत्मनिर्भर बन्न सफल भएकोमा विश्वस्त रहेको बताउनु भयो। कार्यक्रमको संचालन पथरी कृषि सहकारी संस्थाका सचिव टिकाराम दहालले गर्नुभएको थियो।